एमसिसी उनीहरूले ल्याए, सडकमा ढुङ्गा मलाई हान्छन्: ओली
‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ', ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन’
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको बताएका छन्।
शुक्रबार पोखरा पुगेका ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप समेत लगाए। देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरे।
‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि,’ उनले भने, ‘सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्छन्।’
तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसिसी माग गरेको ओलीले दाबी गरे।
‘एमसिसी नेपालमा ल्याइपाऊँ भनेर आफू प्रधानमन्त्री हुँदा निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हानिदैन, ताली बजाउँछन्, बाबुराम अगाडि बढाउँ भन्छ, ढुङ्गा हानिदैन, कृष्णबहादुर महराले ठिक छ भनेर वार्ता गर्छ, ढुङ्गा हानिदैन, प्रचण्ड-देउवा संयुक्त सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्की वासिङ्टन डिसी पुगेर सम्झौता गर्छ, ढुङ्गा हानिदैन,’ उनले भने, ‘म बाटोमा हिँड्छु, ढुङ्गा हानिन्छ, थाहा हुँदैन के भइरहेको छ भनेर।’
अध्यक्ष ओलीले देश कसरी बनाउने भनेर अरू पार्टीसँग विचार नरहेको बताए।
‘हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो?,’ उनले भने, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको चर्चा हुँदैन, गठबन्धनको हुन्छ।’
सरकारमा रहेका नेताहरूले अरू जे भए पनि गठबन्धन कायम रहन्छ मात्र भन्ने गरेको उनले बताए।
उनले भने, ‘गठबन्धन केका लागि, २४ लाख खोप कहाँ हरायो, त्यसका लागि गठबन्धन?’
सरकारसँग पैसा नभएर हात थापेर हिँडेको ओलीले आरोप लगाए। तर कसैले नपत्याएको उनको दाबी छ।
‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ,’ ओलीले भने, ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन।’
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












