एमसिसी उनीहरूले ल्याए, सडकमा ढुङ्गा मलाई हान्छन्: ओली
‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ', ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन’
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको बताएका छन्।
शुक्रबार पोखरा पुगेका ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप समेत लगाए। देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरे।
‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि,’ उनले भने, ‘सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्छन्।’
तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा अमेरिकासँग एमसिसी माग गरेको ओलीले दाबी गरे।
‘एमसिसी नेपालमा ल्याइपाऊँ भनेर आफू प्रधानमन्त्री हुँदा निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हानिदैन, ताली बजाउँछन्, बाबुराम अगाडि बढाउँ भन्छ, ढुङ्गा हानिदैन, कृष्णबहादुर महराले ठिक छ भनेर वार्ता गर्छ, ढुङ्गा हानिदैन, प्रचण्ड-देउवा संयुक्त सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्की वासिङ्टन डिसी पुगेर सम्झौता गर्छ, ढुङ्गा हानिदैन,’ उनले भने, ‘म बाटोमा हिँड्छु, ढुङ्गा हानिन्छ, थाहा हुँदैन के भइरहेको छ भनेर।’
अध्यक्ष ओलीले देश कसरी बनाउने भनेर अरू पार्टीसँग विचार नरहेको बताए।
‘हामीले सरकार छाडेपछि विकासको कुरा सुन्नुभयो?,’ उनले भने, ‘हामी सरकारबाट हटेपछि देशमा विकासको चर्चा हुँदैन, गठबन्धनको हुन्छ।’
सरकारमा रहेका नेताहरूले अरू जे भए पनि गठबन्धन कायम रहन्छ मात्र भन्ने गरेको उनले बताए।
उनले भने, ‘गठबन्धन केका लागि, २४ लाख खोप कहाँ हरायो, त्यसका लागि गठबन्धन?’
सरकारसँग पैसा नभएर हात थापेर हिँडेको ओलीले आरोप लगाए। तर कसैले नपत्याएको उनको दाबी छ।
‘आज सरकारसँग पैसा छैन, हात थापेर हिँडेछ,’ ओलीले भने, ‘जता हात थाप्यो उतै ओठ लोप्राउँछ, कसैले पत्याउँदैन।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












