यथास्थितिमा नो एमसिसी : झलनाथ खनाल
काठमाडाैँ । एकीकृत समाजवादीका सांसद झलनाथ खनालले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने प्रष्ट पारेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा खनालले सम्झौता संशोधन गरेर ग्यारेन्टि हुने अवस्थामा मात्रै यसमाथिको छलफल सार्थक हुने बताए।
‘एमसिसीसम्बन्धी सम्पूर्ण दस्ताबेजहरु संसदमा वितरण गर्न माग गर्दै उनले एमसिसी र एमसिएबीचको पत्राचारसमेत सार्वजनिक गर्न माग गरे। कतिपयले म प्रधानमन्त्री भएको समयमा एमसिसीबारे निर्णय भयो भन्ने गरेका छन्। म प्रधानमन्त्री रहेको समयमा कुनै सैद्धान्तिक र व्यवहारिक सहमति भएको छैन। कुनै पत्राचार पनि गरेको छैन। एमसिसी शर्तै शर्तले घेरिएको छ। हामीलाई सहयोग स्विकार्न समस्या होइन, तर देशको स्वाभिमान र हितभन्दा बाहिर रहेर हामी सहयोग स्विकार गर्दैनौं,’ खनालले भने।
एमसिसीमा अमेरिकी सुरक्षा अवधारणा मान्नुपर्ने उल्लेख भएको भन्दै उनले कुनै पनि सुरक्षा छाता मान्य नहुने बताए। उनले भने, ‘एमसिसी लागू भएपछि अमेरिकी प्रचलित कानुन र भविष्यमा बन्ने कानुन मान्न पर्ने उल्लेख छ। हामी उनीहरुको देशमा गएको बेला मानौँला, तर नेपाली जनताले मान्नुपर्ने आवश्यकता छैन। भबिष्यमा कस्ता कस्ता कानुन बन्छन कस्लाई के थाहा ? यस्ता कानुन मान्नुपर्ने भए हामीले के गर्ने ? युक्रेनबाट पनि हामीले पाठ सिक्नुपर्छ। युक्रेनले छिमेकी देशसँगको सम्बन्धलाई कम आँकेर बाहिरी मुलुकलाई नजिकको मानेको थियो।’
संसदमा अहिले छलफलको वातावरण नरहेको भन्दै खनालले संसदमा वातावरण तयार पारेर मात्रै यसबारे छलफल गरिनुपर्ने बताए। व्याख्यात्मक विश्लेषण गरेर सम्झौता पास गर्ने कुरा आएको उल्लेख गर्दै उनले त्यसले कसरी ग्यारेन्टी गर्छ भन्दै प्रश्न गरे।
‘व्याख्यात्मक विश्लेषण गरेर पास गर्ने कुरा आएको छ ती कुराको ग्यारेन्टी हुन्छ ? यो एकतर्फि मात्रै हुन्छ। यो सम्झौताको अंग बन्न सक्ने ग्यारेन्टि कसरी संसदले सुनिश्चितता गर्छ ? एमसिसिले पहिला पनि सवालजवाफ गरिसकेको छ त्यसको कुनै कानुनी आधार छैन। अनेक उन्मुक्तिको कुरा पनि सम्झौतामा उल्लेख छ। यो संसदको बेइज्जति नहोस। अनुमोदनको कुरा नाटक मात्रै नहोस्। एमसिसिमा कुन दस्तावेज हामीले अनुमोदन गर्ने ?’ खनालले भने, ‘यथास्तितिमा नो एमसिसि । हामी यसमा छैनौँ। यसमा व्यापक संसोधन गरेर ग्यारेन्टि हुने अबस्थामा मात्रै छलफल सार्थक हुन्छ।’
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












