भरतमोहन अधिकारी तेस्रो स्मृति दिवस मनाइँदै
काठमाडाैँ । वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको तेस्रो स्मृति सभा आज हुँदैछ ।
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले विराटनगरमा गर्न लागेको सभाको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल छन् । अधिकारीको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते निधन भएको थियो ।
एमालेको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री अधिकारी उक्त सरकारका कतिपय जनमुखी कार्यक्रमका कारण लोकप्रिय छन् । अधिकारीले नै वृद्धवृद्धा र एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममार्फत मासिक भत्ता दिने कार्यक्रम थालेका थिए । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत अधिकारीले पहिलोपटक स्थानीय तहमा विकास बजेट पठाउने कामको पनि प्रारम्भ गरे । सहकारीमार्फत आर्थिक कारोबारमा जनताको पहुँच वृद्धिका लागि उनले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ कार्यक्रम अघि सारेका थिए । स्मृतिसभामा सामाजिक जीवनका विविध क्षेत्रमा उदाहरणीय काम गरेर ख्याति कमाएका प्रदेश–१ का सात ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।
यता प्रतिष्ठानले विराटनगरमा पनि अशिक्षित ज्येष्ठ नागरिकका लागि शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । स्मृति दिवसको अवसर पारेर उक्त कार्यक्रम घोषणा गर्न लागिएको अधिकारी पुत्री एवं प्रतिष्ठानकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् । उनका अनुसार विभिन्न कारणले उमेर छँदा औपचारिक शिक्षाबाट वञ्चित ४० वृद्धवृद्धालाई शिक्षा प्रदान गरिनेछ । कार्यक्रमको नाम ‘आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रम’ दिइएको छ ।
प्रतिष्ठानले यसअघि ललितपुरको बुङ्मतिमा यस्तै प्रकृतिको ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा ४० ज्येष्ठ नागरिक सहभागी छन् । मुलुकका सातवटै प्रदेशमा अभियान विस्तार गर्ने लक्ष्य प्रतिष्ठानको छ ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












