भरतमोहन अधिकारी तेस्रो स्मृति दिवस मनाइँदै
काठमाडाैँ । वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको तेस्रो स्मृति सभा आज हुँदैछ ।
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले विराटनगरमा गर्न लागेको सभाको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल छन् । अधिकारीको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते निधन भएको थियो ।
एमालेको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री अधिकारी उक्त सरकारका कतिपय जनमुखी कार्यक्रमका कारण लोकप्रिय छन् । अधिकारीले नै वृद्धवृद्धा र एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममार्फत मासिक भत्ता दिने कार्यक्रम थालेका थिए । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत अधिकारीले पहिलोपटक स्थानीय तहमा विकास बजेट पठाउने कामको पनि प्रारम्भ गरे । सहकारीमार्फत आर्थिक कारोबारमा जनताको पहुँच वृद्धिका लागि उनले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ कार्यक्रम अघि सारेका थिए । स्मृतिसभामा सामाजिक जीवनका विविध क्षेत्रमा उदाहरणीय काम गरेर ख्याति कमाएका प्रदेश–१ का सात ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।
यता प्रतिष्ठानले विराटनगरमा पनि अशिक्षित ज्येष्ठ नागरिकका लागि शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । स्मृति दिवसको अवसर पारेर उक्त कार्यक्रम घोषणा गर्न लागिएको अधिकारी पुत्री एवं प्रतिष्ठानकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् । उनका अनुसार विभिन्न कारणले उमेर छँदा औपचारिक शिक्षाबाट वञ्चित ४० वृद्धवृद्धालाई शिक्षा प्रदान गरिनेछ । कार्यक्रमको नाम ‘आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रम’ दिइएको छ ।
प्रतिष्ठानले यसअघि ललितपुरको बुङ्मतिमा यस्तै प्रकृतिको ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा ४० ज्येष्ठ नागरिक सहभागी छन् । मुलुकका सातवटै प्रदेशमा अभियान विस्तार गर्ने लक्ष्य प्रतिष्ठानको छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












