ताजा समाचार

स्पेनिस ला लिगा: बार्सिलोना तेस्रा स्थानमा उक्लियो

काठमाण्डौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इल्चेलाई २–१ गोलले पराजित गर्दै अंकतालीका तेस्रो स्थानमा बनाएको छ ।

जारी स्पेनिस ला लिगा खेलमा बार्सिलोनाले पुनरागमन गर्दै इल्चेलाई २–१ गोलको अन्तरले हराएको हो । खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा सब्सिच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले ६० औं १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाएको हो ।

यसै खेलमा ८८ औं मिनेटमा जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो तापनी जुन खेल रोचकनै रहेको थियो ।

जुन जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने इल्चे ३२ अंक जोड्दै १३ औं स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org