चिनियाँ विदेशमन्त्री नेपालबाटै भारत भ्रमणमा जाने
काठमाडाैँ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमण पूरा गरेर दक्षिणी छिमेकी भारत जाने भएका छन्।
भारतीय सञ्चारमाध्यमले मार्च महिनाको अन्तिममा चिनियाँ विदेशमन्त्री नेपाल हुँदै भारत पुग्ने लेखेका छन्।
यद्यपि भारतीय विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे आधिकारिक पुष्टि गरिसकेको छैन।
चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नयाँ दिल्ली पुग्नेगरी कार्यक्रम बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारत र चीनका सेनाबीच सन् २०२० मे महिनामा सीमाक्षेत्र लद्दाखमा भिडन्त भएयता दुई देशबीचको सम्बन्ध चिसिएर उच्चस्तरीय भ्रमण हुन सकेका थिएनन्।
चिनियाँ विदेशमन्त्रीको भ्रमण भारतसँगको सम्बन्ध सुधारका लागि हुन लागेको बताइएको छ। भारत जानुअघि चैत १२ गते चिनियाँ विदेशमन्त्री नेपाल आइपुग्नेछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा वाङ नेपाल आउन लागेका हुन्। तर नेपाल र चीनले वाङको भ्रमणबारे औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन्।
परराष्ट्र मन्त्रालयले वाङको नेपाल भ्रमणका लागि तयारी गरिरहेको छ। भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर हुनसक्ने सम्भावना छ।
चीन र नेपालले बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौताको मस्यौदा साटासाट गरिसकेका छन्।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा चिनियाँ पक्षसँगको सल्लाहमा उक्त योजना तयार भए पनि सरकार फेरिएपछि ती योजना अलपत्र परेका थिए। देउवा नेतृत्वमा सरकार गठन भएपछि उक्त योजना कार्यान्वयनमा प्रगति भएको छैन।
चीनसँग सन् २०१७ मे महिनामा बीआरआईमा सहकार्य गर्नेसम्बन्धी छाता समझदारीमा हस्ताक्षरपछि नेपालमा पाँचवटा सरकार बनिसकेका छन्।
तर, बीआरआई अन्र्तगतका परियोजना अघि बढाउन चीनसँग ठोस वार्ता अहिलेसम्म भएको छैन।
साढे तीन वर्षसम्म केपी ओली नेतृत्वको सरकार रह्यो। उक्त सरकारले परराष्ट्र सचिव र अर्थ सचिवको नेतृत्वमा दुई समिति गठन गरी चीनसँग प्रस्ताव गर्न सकिने परियोजना छनोटको जिम्मा दियो। तर छनोट गरिएका परियोजना कार्यान्वयनका सवालमा चीनसँग वार्ता गर्न चासो दिएन।
शुरुमा बीआरआई अन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची चीनलाई पठाएको थियो। तर, पछि चीनकै आग्रहमा नेपालले ३५ बाट झारेर नौवटा मात्रै परियोजना अघि बढाउने निर्णय लियो।
त्यसबेला पहिचान गरिएका नौवटा परियोजनामा केरुङ—काठमाडौँ रेल, रसुवागढी—काठमाडौँ सडक स्तरोन्नति, किमाथांका—हिले सडक निर्माण, गल्छी—रसुवागढी—केरुङ ४०० केभी प्रसारण लाइन, तमोर जलविद्युत् आयोजना निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माण र फुकोट कर्णाली जलविद्युत् परियोजना, दिपायलदेखि चिनियाँ सीमासम्म सडक र टोखा—विदुर सडक थिए।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












