चिनियाँ विदेशमन्त्री नेपालबाटै भारत भ्रमणमा जाने
काठमाडाैँ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमण पूरा गरेर दक्षिणी छिमेकी भारत जाने भएका छन्।
भारतीय सञ्चारमाध्यमले मार्च महिनाको अन्तिममा चिनियाँ विदेशमन्त्री नेपाल हुँदै भारत पुग्ने लेखेका छन्।
यद्यपि भारतीय विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे आधिकारिक पुष्टि गरिसकेको छैन।
चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नयाँ दिल्ली पुग्नेगरी कार्यक्रम बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारत र चीनका सेनाबीच सन् २०२० मे महिनामा सीमाक्षेत्र लद्दाखमा भिडन्त भएयता दुई देशबीचको सम्बन्ध चिसिएर उच्चस्तरीय भ्रमण हुन सकेका थिएनन्।
चिनियाँ विदेशमन्त्रीको भ्रमण भारतसँगको सम्बन्ध सुधारका लागि हुन लागेको बताइएको छ। भारत जानुअघि चैत १२ गते चिनियाँ विदेशमन्त्री नेपाल आइपुग्नेछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा वाङ नेपाल आउन लागेका हुन्। तर नेपाल र चीनले वाङको भ्रमणबारे औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन्।
परराष्ट्र मन्त्रालयले वाङको नेपाल भ्रमणका लागि तयारी गरिरहेको छ। भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर हुनसक्ने सम्भावना छ।
चीन र नेपालले बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौताको मस्यौदा साटासाट गरिसकेका छन्।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा चिनियाँ पक्षसँगको सल्लाहमा उक्त योजना तयार भए पनि सरकार फेरिएपछि ती योजना अलपत्र परेका थिए। देउवा नेतृत्वमा सरकार गठन भएपछि उक्त योजना कार्यान्वयनमा प्रगति भएको छैन।
चीनसँग सन् २०१७ मे महिनामा बीआरआईमा सहकार्य गर्नेसम्बन्धी छाता समझदारीमा हस्ताक्षरपछि नेपालमा पाँचवटा सरकार बनिसकेका छन्।
तर, बीआरआई अन्र्तगतका परियोजना अघि बढाउन चीनसँग ठोस वार्ता अहिलेसम्म भएको छैन।
साढे तीन वर्षसम्म केपी ओली नेतृत्वको सरकार रह्यो। उक्त सरकारले परराष्ट्र सचिव र अर्थ सचिवको नेतृत्वमा दुई समिति गठन गरी चीनसँग प्रस्ताव गर्न सकिने परियोजना छनोटको जिम्मा दियो। तर छनोट गरिएका परियोजना कार्यान्वयनका सवालमा चीनसँग वार्ता गर्न चासो दिएन।
शुरुमा बीआरआई अन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची चीनलाई पठाएको थियो। तर, पछि चीनकै आग्रहमा नेपालले ३५ बाट झारेर नौवटा मात्रै परियोजना अघि बढाउने निर्णय लियो।
त्यसबेला पहिचान गरिएका नौवटा परियोजनामा केरुङ—काठमाडौँ रेल, रसुवागढी—काठमाडौँ सडक स्तरोन्नति, किमाथांका—हिले सडक निर्माण, गल्छी—रसुवागढी—केरुङ ४०० केभी प्रसारण लाइन, तमोर जलविद्युत् आयोजना निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माण र फुकोट कर्णाली जलविद्युत् परियोजना, दिपायलदेखि चिनियाँ सीमासम्म सडक र टोखा—विदुर सडक थिए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












