नेपाल–पीएनजी फाइनलः नेपालको पहिला ब्याटिङ
काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई टोलीमा फिर्ता बोलाएको छ ।
मलेसियासँगको अन्तिम खेलमा सोमपाललाई आराम दिँदै कमललाई मौका दिइएको थियो । दुई ओभर बलिङ गर्दै २ विकेट लिएका कमल फिल्डिङका क्रममा काँधमा चोट बोकेर मैदान बाहिरिएका थिए । आइतबार कमलको काँधको शल्यक्रिया गरिएको थियो र उनी ६ साता मैदान बाहिर रहने छन् ।
नेपालबाट सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल अलाम, दीलिप नाथ, करण केसी, सोमपाल कामी, अविनाश बोहरा खेलिरहेका छन् ।
नेपाल अपराजित रहि फाइनलमा उत्रिएको हो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २/२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।
कप्तान सन्दीप लामिछाने २२ रन खर्चेर ३ विकेट लिँदै पीएनजीसँग राउन्ड रोबिनको पहिलो खेलमा प्लेयर अफ द म्याच बनेका थिए । पीएनजीसँगको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ६६ रन बनाएका थिए भने बलिङमा करण केसीले ह्याट्रिक विकेट लिनुका साथै ५ विकेट पुरा गरेका थिए ।
पीएनजीले ४ मध्येको ३ खेलमा पराजित भए पनि मलेसियालाई रन रेटमा उछिन्दै नेपालसँगको फाइनल खेलिरहेको छ । अक्टोबरमा यूएईमा भएको विश्वकप खेलेयता पहिलोपटक ट्वान्टी २० मा खेलिरहेका पीएनजी जुलाईमा हुने ट्वान्टी २० विश्वकप छनोटको तयारीको रुपमा रहेको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












