गठबन्धन नगर्नुस् भनेको छु, नत्र अप्ठेरो हुन्छ : कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउँदो चुनावमा अन्य दलहरूसँग गठबन्धन भए अप्ठेरो हुने बताएका छन् । बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले केन्द्रीय समितिको बैठकले ‘तालमेल गर्न सकिनेछ’ भन्ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताए ।
‘हामीहरूले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामीहरू त प्रतिशतको हिसाबले धेरै कम छौँ केन्द्रीय समितिमा’ कोइरालाले भने, ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’
उनले जबरजस्ती गठबन्धन गरिए त्यसको जवाफ आफुले दिन नसक्ने बताए । कोइरालाले केन्द्रीय समितिको निर्णय भन्दा आफुले अलिकति पनि दायाँबायाँ नगर्ने स्पष्ट पारे । केन्द्रबाटै उम्मेद्वार पनि टुंगो लगाउन खोजिए देशव्यापी विरोध हुने चेतावनी दिए । कोइरालाले कांग्रेसले माओवादीलाई होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान चलाउने बताए ।
‘घरघर जाउँ माओवादीलाई हैन नेपाली कांग्रेसलाई जिताउँ भन्ने अभियान हो हाम्रो’ उनले भने, ‘भागबण्डाको राजनीति हामीले गर्नु हुँदैन, गर्दिन भनेर देउवाले भनिराख्नु भएको छ, सभापतिजीले पनि सवैलाई मिलाएर न्यायोचित ढंगले हिड्न सक्नुपर्नेहुन्छ, पेलेर पार्टी चल्दैन ।’
गठबन्धन दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले केहिदिन अघि कोइरालालाई लक्षित गर्दै गठबन्धन नचाहनेलाई एक्लै चुनाव लड्न दिनुपर्ने र हैसियत थाहा हुने भन्ने अभिव्यक्तिको प्रसंगमा उनले अरु पार्टीले के भन्दैछन् भन्नेतिर आफ्नो ध्यान नभएको बताए ।
‘माधव नेपालले के भन्नु भयो भन्ने सरोकारको बिषय होइन, कांग्रेसले के भन्दैछ भन्ने मुख्य कुरा हो’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ त्यो महत्वपूर्ण कुरा हो ।’ उनले ताममेलकै लागि भनेर केन्द्रीय तहमा संयन्त्र बन्नु ठिकै रहेको बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












