गठबन्धन नगर्नुस् भनेको छु, नत्र अप्ठेरो हुन्छ : कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउँदो चुनावमा अन्य दलहरूसँग गठबन्धन भए अप्ठेरो हुने बताएका छन् । बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले केन्द्रीय समितिको बैठकले ‘तालमेल गर्न सकिनेछ’ भन्ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताए ।
‘हामीहरूले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामीहरू त प्रतिशतको हिसाबले धेरै कम छौँ केन्द्रीय समितिमा’ कोइरालाले भने, ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’
उनले जबरजस्ती गठबन्धन गरिए त्यसको जवाफ आफुले दिन नसक्ने बताए । कोइरालाले केन्द्रीय समितिको निर्णय भन्दा आफुले अलिकति पनि दायाँबायाँ नगर्ने स्पष्ट पारे । केन्द्रबाटै उम्मेद्वार पनि टुंगो लगाउन खोजिए देशव्यापी विरोध हुने चेतावनी दिए । कोइरालाले कांग्रेसले माओवादीलाई होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान चलाउने बताए ।
‘घरघर जाउँ माओवादीलाई हैन नेपाली कांग्रेसलाई जिताउँ भन्ने अभियान हो हाम्रो’ उनले भने, ‘भागबण्डाको राजनीति हामीले गर्नु हुँदैन, गर्दिन भनेर देउवाले भनिराख्नु भएको छ, सभापतिजीले पनि सवैलाई मिलाएर न्यायोचित ढंगले हिड्न सक्नुपर्नेहुन्छ, पेलेर पार्टी चल्दैन ।’
गठबन्धन दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले केहिदिन अघि कोइरालालाई लक्षित गर्दै गठबन्धन नचाहनेलाई एक्लै चुनाव लड्न दिनुपर्ने र हैसियत थाहा हुने भन्ने अभिव्यक्तिको प्रसंगमा उनले अरु पार्टीले के भन्दैछन् भन्नेतिर आफ्नो ध्यान नभएको बताए ।
‘माधव नेपालले के भन्नु भयो भन्ने सरोकारको बिषय होइन, कांग्रेसले के भन्दैछ भन्ने मुख्य कुरा हो’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ त्यो महत्वपूर्ण कुरा हो ।’ उनले ताममेलकै लागि भनेर केन्द्रीय तहमा संयन्त्र बन्नु ठिकै रहेको बताए ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












