नेप्सेकाे परिसूचक उच्च अङ्कले घटेकाे छ
काठमाडाै। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ ।
कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भएकाे छ। नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
होटल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लागेको छ । बैंकिङ १६.५, व्यापार ९.०९, विकास बैंक ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बीमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बीमा १९९.३१ र लगानी १.५८ अङ्कले ओरालो लागेको हाे ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी रु छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी रु पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एशिया बैंक रु पाँच करोड ३८ लाख ६७ हजार ६६३ बबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












