नेप्सेकाे परिसूचक उच्च अङ्कले घटेकाे छ
काठमाडाै। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ ।
कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भएकाे छ। नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
होटल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लागेको छ । बैंकिङ १६.५, व्यापार ९.०९, विकास बैंक ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बीमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बीमा १९९.३१ र लगानी १.५८ अङ्कले ओरालो लागेको हाे ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी रु छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी रु पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एशिया बैंक रु पाँच करोड ३८ लाख ६७ हजार ६६३ बबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












