ताजा समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए ।

गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ । केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने छ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको केसीले बताए ।

निरीक्षणको क्रममा मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थानको तयारीबारे पनि केसीसँग जानकारी लिएका थिए ।

खाण आजै काठमाडौं हुँदै विराटनगर जाने छन् । त्यहाँ पार्टीको चुनावी सभा आज आयोजना हुँदै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org