पहिलो एकदिवसिय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित
काठमाडाैं । ब्याटिङ लाइन फेरि एक पटक चुक्दा नेपाल शुक्रबार जिम्बावे ‘ए’ विरुद्धको पहिलो एक दिवसीय खेलमा ३ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इनोसेन्ट कायाले अविजित ४८ रन जोडे । कायाले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै चेफास जुवाओले ३२ रन जोेडे । उनले २९ बला तीन चौका र दुई छक्का प्रहार गरे । नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले जिम्बावे सामू १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनमा सीमित भएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।
यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका एभान्सले २७ रन खर्चिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए ।
नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको तीन खेलकै ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











