बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो ।
नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ ।
अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । यसअघि प्रमुख सहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउँन सफल भएको छ ।
एमालेसँग अहिले ११ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले पाँच स्थान जित्दा यसअघि जित हात पारेको उपमहानगरपालिका भने कांग्रेसले गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमित छ । कांग्रेसले कोल्हवी, महागढीमाई, आदर्श कोत्वाल र सुवर्णमा भने जित हात पार्न सफल भएको छ । अघिल्लो पटक पहिले पार्टी रहेको कांग्रस यो पटक भने दोस्रोमा चित्त बुझाएको छ ।
कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको रेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीन पालिका सहित तेश्रो भएको छ । जिल्लाको सिम्रौनगढ, बारागढी र विश्रामपुरमा जित हात पार्न सफल भएको छ । यस अघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।
जिल्लाको दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पार्न सफल भएको छ । जसपाले देवताल र करैयामाईमा जित हासिल गरेको छ । यस अघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।
जिल्लामा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले पहिले पटक खाता खोल्न सफल भएका छन् ।
माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका जित हात पार्न सफल भएको छ भने विवेकशील साझा पार्टीले फेटा गाउँपालिकामा जित हासिल गरेको छ । यस अघि २०७४ को निर्वाचनमा जीतपुरसिमरामा एमालेले र फेटा गाउँपालिकामा संघीय समाजवादी फोरमले जित हासिल गरेको थियो ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












