मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, नेकपा एस र जसपाको दबाब कायमै
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता गराएर नयाँ अनुहार समावेश गर्न प्रस्ताव गरेलगत्तै जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि आइतबार बालुवाटार पुगेर आफ्ना पक्षका नेताहरूलाई मात्र मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दबाब बढाएका छन् ।
पार्टीभित्र आफूसहित अध्यक्ष यादव र अशोक राईसहित तीनजनाको हस्ताक्षरलाई मात्रै मान्यता दिनुपर्ने जनाउँदै पार्टीभित्र आफ्नो पक्षमा बहुमत सदस्य रहेको उल्लेख गर्दै बाबुरामले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका हुन् ।
एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि गरेको नयाँ व्यक्तिलाई मन्त्री बनाउन गरेको सिफारिसलाई कार्यान्वयन नगरी बसेका प्रधानमन्त्री देउवालाई जसपाको पनि दबाब कायमै छ । तर, प्रधानमन्त्री देउवाले भने बजेटको प्रस्तावमा सबन्धित मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगरेको चर्चा चले पनि स्वयं देउवाले भने पार्टीभित्र आफू अप्ठ्यारोमा पर्ने विषयमा बुझिदिन आग्रह गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई देउवाले ‘तपाईको पार्टीका मन्त्रीलाई बनाउनेवित्तिकै मेरो पार्टीमा पनि मलाई दबाब बढ्छ, जसकारण पुनः समस्या देखापर्छ, त्यसैले तत्काल यसलाई अघि नबढाऊ’ भन्ने जवाफ दिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार संघीय संसदीय निर्वाचनको सम्मुखमा मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको आन्तरिक राजनीति पेचिलो बन्ने र त्यसका असर निर्वाचनमा पर्ने देउवाले विश्लेषण सुनाएका छन् ।
एकीकृत समाजवादी र जसपामा भने सोही विषयमा आन्तरिक विवाद चर्किएको छ । आफूलाई हटाउने पार्टीको निर्णयविरुद्ध स्वास्थ्यमन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सार्वजनिक रूपमा आक्रोश पोखेका छन् । सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय प्रधानमन्त्री देउवाले मान्नुपर्ने भन्दै बचाउ गरेका छन् ।
शीर्ष नेताहरू मन्त्रिपरिषद् पुनर्गठनका पक्षमा उभिए पनि सो पार्टीका बहालवाला मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेर सो निर्णय कार्यान्वयन नगर्न दबाब बढाउँदै आएका छन् । जसमा देउवा सकारात्मक रहेको मन्त्री आले निकट स्रोतले बतायो ।
उता, ६–६ महिनामा मन्त्रिपरिषद् पुनर्गठनमा सिफारिस गर्ने पार्टीको निर्णयलाई कार्यान्वयन गर्न अध्यक्ष उपेन्द्र यादवमाथि जसपा नेपालका नेताहरूले दबाब बढाउँदै लगेका छन् । ‘६ महिनापछि नयाँ अनुहारलाई देउवा सरकारमा लैजाने सहमति भएको थियो, तर अध्यक्ष यादव त्यसका लागि तयार हुनुभएको छैन्, यस घटनाले उहाँ पार्टी निर्णय मान्न हुन्न कि भन्ने सन्देश गएको छ,’ सो पार्टीका नेता मोहम्मद इस्तियाक राईले भन्दै आएका छन् ।
सरकारका प्रमुख सहयोगी दल नै मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने भन्दै दबाब बढाइरहेको बेला प्रधानमन्त्री देउवा भने बजेटमाथि मन्त्रीको जवाफ दिएर सारिरहेका छन् । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्न स्वयं प्रधानमन्त्री अनिच्छुक रहेपछि सहयोगी दलका दिएका दबाबका कारण एउटा निर्णयमा पुग्नुपर्ने भने देखिन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












