मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, नेकपा एस र जसपाको दबाब कायमै
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता गराएर नयाँ अनुहार समावेश गर्न प्रस्ताव गरेलगत्तै जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि आइतबार बालुवाटार पुगेर आफ्ना पक्षका नेताहरूलाई मात्र मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दबाब बढाएका छन् ।
पार्टीभित्र आफूसहित अध्यक्ष यादव र अशोक राईसहित तीनजनाको हस्ताक्षरलाई मात्रै मान्यता दिनुपर्ने जनाउँदै पार्टीभित्र आफ्नो पक्षमा बहुमत सदस्य रहेको उल्लेख गर्दै बाबुरामले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका हुन् ।
एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि गरेको नयाँ व्यक्तिलाई मन्त्री बनाउन गरेको सिफारिसलाई कार्यान्वयन नगरी बसेका प्रधानमन्त्री देउवालाई जसपाको पनि दबाब कायमै छ । तर, प्रधानमन्त्री देउवाले भने बजेटको प्रस्तावमा सबन्धित मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगरेको चर्चा चले पनि स्वयं देउवाले भने पार्टीभित्र आफू अप्ठ्यारोमा पर्ने विषयमा बुझिदिन आग्रह गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई देउवाले ‘तपाईको पार्टीका मन्त्रीलाई बनाउनेवित्तिकै मेरो पार्टीमा पनि मलाई दबाब बढ्छ, जसकारण पुनः समस्या देखापर्छ, त्यसैले तत्काल यसलाई अघि नबढाऊ’ भन्ने जवाफ दिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार संघीय संसदीय निर्वाचनको सम्मुखमा मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको आन्तरिक राजनीति पेचिलो बन्ने र त्यसका असर निर्वाचनमा पर्ने देउवाले विश्लेषण सुनाएका छन् ।
एकीकृत समाजवादी र जसपामा भने सोही विषयमा आन्तरिक विवाद चर्किएको छ । आफूलाई हटाउने पार्टीको निर्णयविरुद्ध स्वास्थ्यमन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सार्वजनिक रूपमा आक्रोश पोखेका छन् । सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय प्रधानमन्त्री देउवाले मान्नुपर्ने भन्दै बचाउ गरेका छन् ।
शीर्ष नेताहरू मन्त्रिपरिषद् पुनर्गठनका पक्षमा उभिए पनि सो पार्टीका बहालवाला मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेर सो निर्णय कार्यान्वयन नगर्न दबाब बढाउँदै आएका छन् । जसमा देउवा सकारात्मक रहेको मन्त्री आले निकट स्रोतले बतायो ।
उता, ६–६ महिनामा मन्त्रिपरिषद् पुनर्गठनमा सिफारिस गर्ने पार्टीको निर्णयलाई कार्यान्वयन गर्न अध्यक्ष उपेन्द्र यादवमाथि जसपा नेपालका नेताहरूले दबाब बढाउँदै लगेका छन् । ‘६ महिनापछि नयाँ अनुहारलाई देउवा सरकारमा लैजाने सहमति भएको थियो, तर अध्यक्ष यादव त्यसका लागि तयार हुनुभएको छैन्, यस घटनाले उहाँ पार्टी निर्णय मान्न हुन्न कि भन्ने सन्देश गएको छ,’ सो पार्टीका नेता मोहम्मद इस्तियाक राईले भन्दै आएका छन् ।
सरकारका प्रमुख सहयोगी दल नै मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने भन्दै दबाब बढाइरहेको बेला प्रधानमन्त्री देउवा भने बजेटमाथि मन्त्रीको जवाफ दिएर सारिरहेका छन् । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्न स्वयं प्रधानमन्त्री अनिच्छुक रहेपछि सहयोगी दलका दिएका दबाबका कारण एउटा निर्णयमा पुग्नुपर्ने भने देखिन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











