कमल थापाको पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश
काठमाडाैं । कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई बिहीबार राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।
बिहीबार नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् । केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरिसकेका छन् ।
संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिनाअघि मात्र विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए ।
युवा विद्यार्थी संगठनका महत्त्वपूर्ण व्यक्तिले साथ छाड्दै गएपछि कमल थापा कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ ।
‘हामी युवा विद्यार्थीले कमल थापाले राजसंस्थाको मुद्दा बोकेका कारण उहाँलाई साथ दिएका हौं, राजसंस्थाको मुद्दा बोकेको नेतृत्वले राजसंस्थालाई नै आक्षेप लगाउने, अनावश्यक भ्रम छर्ने, राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई पार्टीको नीति नबनाउने भएपछि हामी राप्रपामा समाहित भएका हौं,’ पार्टी प्रवेशपछि रजवारले भने, ‘अब कोही अलमलमा पर्नु हुँदैन, राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन सबै एकजुट बनौं ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












