जसपाका ६९ नेता कार्यकर्ताले गरे सामूहिक रुपमा पार्टी त्याग (सूचीसहित)
काठमाडौं । जसपा पार्टीका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताकासाथ पदिय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न नसक्ने जनाएका हुन् ।
देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, पिछडा, सिमांककृत वर्गका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने जसपा पार्टीको जन्म भएको तर अहिले पार्टी नेतृत्वमा स्वेच्छाचारीता, र एकलौटी ढंगबाट पार्टी संचालन गर्ने, नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको उनीहरूको आरोप छ । यस्तै पार्टी देश र जनताको हितमा नभई सिमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको उनीहरुको आरोप छ ।
यही कारण आजकै मितिदेखि लागु हुने गरी पार्टीले दिएको जिम्मेवारी त्याग गरी जसपा पार्टीबाटै सामुहिक राजीनामा गरेको उनीहरुको भनाइ छ ।
विज्ञप्तिः
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











