बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लिन्छन् नियमविपरीत सुविधा
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ ।
गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ ।
तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सवारी साधन प्रयोग गरे पनि प्रचलित ऐनविपरीत यातायात सुविधा लिने गरेका हुन् । नियमविपरीत यातायात सुविधा भन्दै गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष दुबैले मासिक १२ हजार रुपैँयाका दरले रकम बुझ्ने गरेका हुन् ।
अध्यक्षले ग १ झ ३७४ नम्बरको स्कारपिओ र उपाध्यक्षले बा २१ च ३६८६ नम्बरको बोलेर गाडी प्रयोग गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । उपाध्यक्ष गुरुङले प्रयोग गर्ने बोलेरो गाउँपालिकाले मासिक भाडामा लिएको हो । अध्यक्ष भट्टले प्रयोग गर्ने गाडी भने गाउँपालिकाले खरिद गरेको हो ।
नियमविपरीत यातायात सुविधा लिएको कुरा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले पनि औंल्याएको छ । ‘कार्यालयमा गाडी रहेको तथा आवश्यकताअनुसार नियमित रुपमा एक गाडी भाडामा समेत लिएको अवस्थामा यातायात सुविधा भनि रकम भुक्तानी दिनु नियमसम्मत देखिएन’, महालेखाको प्रतिवेदनमा लेखिएको छ ।
दोहोरो पर्नेगरी यातायात सुविधाबापत गाउँपालिकाले भुक्तानी दिएको दुई लाख ८५ हजार एक सय २० रुपैँया बेरुजु देखाएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...












