नक्कली सर्टिफिकेडमा इजरायल जानेकाे ताँती
काठमाडौं । नेपाल सरकार र इजरायल सरकारवीच (जीटुजी) माध्यमबाट इजरायलको दिर्घकालिन स्याहार केन्द्रका लागि भएको सम्झौता अनुसार इजरायल गएका र जाने तयारीमा रहेका महिला र पुरुष केयरगिभर कामदारहरु मध्ये पुरुषहरु र केहि महिला कामदारको कियर गिभरको तालिमको प्रमाण पत्र नक्कली बनाएर पेस गरेका छन् । वैदेशिक राेजगार विभागले छानविन नै नगरिकन तिनै नक्कली प्रमाण पत्रका आधारमा कामदार छनोट गरेर पठाएकाे पाइएको छ । कामदारहरुको कियर गिभरको तीन महिने प्रमाण पत्र २०, २५ र ३० हजारमा खरिद गरेर फारम भरेको स्वयम इजरायल जाने कामदारहरुले नै बताउदै आएका छन् ।
यस्ता कामदारले अन्तर्राष्ट्रिय श्रम बजारकाे नेपाली कामदार माग ठुलो असर पर्नसक्ने अवस्था देखिएको छ । कामदारले वैदेशिक राेजगारमा जानुअघि लिने अभिमुखीकरण तालिम लिदाकाे कामदारको हाजिरी रेकड, पढाउने स्थलमा राखिएको सिसि क्यामेरा फुटेज, कामदार छनोट भएको व्यक्ति तालिमको समयमा कहाँ थियो जस्ता कुरामा ध्यान नदिएको देखिएको छ । कतिपय छनोट भएका कामदार तालिमको समयमा विदेश गएका र कोही कलेजमा पढ्दै गरेका छन् । यसरी नक्कली अभिमुखीकरण तालिम लिएकाहरूले प्रसय पाउदाँ तीन महिना अध्ययन गरेर सक्कली प्रमाणपत्र पाएका, अभिमुखीकरण तालिम लिएकाहरु मर्कामा समेत परेको पाइएको छ । यस्ता प्रमाण पत्र पेश गर्नेहरुलाई छिटो बाटोबाट छानविन गरि अपराधिलाई कानुनी कारवाही गर्न र नक्कली प्रमाण पत्र पेश गर्ने र बनाउने संस्थालाई समेत कारवाही गर्नुपर्ने देखिन्छ। यसैगरि नक्कली प्रमाणपत्रका आधारमा इजरायल गएका कामदारहरुलाई सम्झौता रद्ध गराएर नेपाल फर्काउनु पर्ने समेत देखिन्छ ।
दुई दिनको ओलिन्टेशनको प्रमाण खोज्ने वैदेशिक राेजगार विभागका अधिकारीहरुले इजरायलकाे कियर गिभरको तालिमको प्रमाण किन खोजेनन ? भन्ने प्रश्न उठेकाे छ ।
कियर गिभरको तालिम दिने संस्थाहरु बैदेशिक रोजगार विभागमा दर्ता भएकाे, बर्सेनी नविकरण भएकाे, नियमित कर राजस्व तिरेकाे हुनु पर्ने नियम छ । तालिममा सहभागिहरुको हाजिरी रेकड हुनु पर्ने त्यो किन चाहिएन ? हाजिरी पेश गरिएकाे छैन, दैनिक हाजिरी गरिएकाे, अध्ययन गरिएकाे, क्लास भएकाे सिसिटिभि फुटेज पेश नहुँदा दैनिक क्लाननै नलिई, अध्ययननै नगराइ बढी शुल्क लिएर नक्कली शैक्षिक प्रमाणपत्र दिइएकाे प्रष्ट हुन्छ विभाग स्राेतले भन्याे ।
अनलाइनबाट तालिम लिएका कियर गिभरहरुको पनि त्यहाँ सहभागी भएकाे रेकर्ड हुन्छ, सिसिटिभिमा अनलाइन कक्षा लिएकाे शिक्षककाे सिसिटिभि फुटेज हुन्छ, उनकाे दैनिक हाजिर भएकाे डिजिटल हस्ताक्षर हुन्छ तर त्यहाँ हाजिर रेकड नभएकाे देखिन्छ। यी प्रमाण पनि नखाेजी विभागले नक्कली प्रमाणपत्रलाई मान्यता दिई कियर गिभरमा इजरायल कामदार पठाउदा नेपाली कामदारले त्यहाँ राम्रो काम गर्न नसकेर नेपाली कामदारप्रति प्रश्न उठाउने ठाउँ बनेकाे छ ।
विभागको शाखा अधिकृत मात्रिका भट्टराई र आइटी निर्देशकको मिलेमतोमा यस्तो गरिएको बुझिएकाे छ । यस विषयमा विभागमा उजुरी परेर आन्तरिक छानविन हुदै पनि भैरहेकाे छ । इजरायल लैजाने कामदार छनाेट गर्दा विभागका शाखा अधिकृत मातृका भट्टराईले झापाका धेरै आवेदकलाई घुस खाएर छनाेट गराएकाे आराेप लाग्दै आएकाे छ । उनले प्रति व्याक्ति ५ लाख लाख देखि ८ लाख रूपैयाँ सम्म लिएर कामदार छनाेट गरेकाे आराेप लागेकाे छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











