मतदातासामु गरेका बाचा पुरा गर्नमै व्यस्त चाँगुनारायणका मेयर खत्री
भक्तपुर । दोश्रो स्थानीय तह निर्वाचन पश्चात चाँगुनारायण नगरपालिकाले लय पक्रिएको छ । युवा जोस जागर बोकेका र चाँगुनारायणबासीले सर्वाधिक रुचाएका बौद्धिक छबीका विकासप्रमी नेता जीवन खत्री नगर प्रमुखमा निर्वाचित गराएपछि नगरपालिकाले सुशासन, विकास र संमृद्धिको लय पक्रिएको हो ।
स्थानीय चुनाव अघि मतदाता समक्ष राखेका वाचा पुरा गर्न खत्री अहोरात्र क्रियाशील छन । विहानीले दिनको शंकत गर्छ भनेझै उनले नगर प्रमुखको पदभार ग्रहण गरेदेखिनै नगरको काम रातदिन नभनी गरिरहेका छन ।
‘हाम्रो नगरपालिका राम्रो नगरपालिका’ बनाउने उनको अभियान छ । जस अनुरुप उनले नरपालिकाको सेवा प्रवाह छिटो छरितो र चुस्त दुरुस्त बनाएका छन । सुशासन, विकास निर्माण र जनजीविकाका सवाललाई ध्यान दिएका छन । शुद्ध खानेपानी, सडक, यातायात,खेलकुदको विकास,गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य,शिक्षाको अनुभूति दिलाउने गरी काम सुरु गरेका छन ।
मेयर खत्री चाँगुनारायण नगरपालिकालाई बिश्वसामु चिनाउने प्रमुख लक्ष्यका साथ अघि बढका छन । नगरलाई पर्यटकीय गन्तव्य बनाउने,शिक्षा,स्वास्थ्य र रोजगारीको सिर्जना, आधुनिक कृषि प्रणालीको बिकास गरी नगदेबाली लगाउन प्रेरित गर्ने उनको योजनालाई मुर्तरुप दिन स्पष्ट कार्ययोजना बनाएर अघि बढेका छन ।
नगर बासीले आश अपेक्ष पनि मेयर खत्रीप्रति धेरै छन । विज्ञ र सरोकारवाला पक्षको छलफलपछि मात्र आफू निर्णय लिने मेयर खत्री बताउँछन । उनले नगरको दूरगामी विकासका निम्ति दर्जनौ कदम चालेका छन । जुन कदमले उनीप्रति नगरबासीको झन विश्वास बढेको छ ।
नगरबासीलाई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने घोषणा
चाँगुनाराण नगरपालिकाको नगरसभाको सुभारम्भ गर्दै नगर प्रमुख खत्रीले नगरबासीलाई निःशुल्क रगत (रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरेका थिए ।
निःशुल्क रगत (रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरे लगत्तै चाँगुनारायण नगरपालिकाका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर बीच निःशुल्क रगत उपलब्ध गराउने ११ बुँदे सम्झौता भएको थियो ।
रगत किन्न नसकेर वा रगतको अभावमा समयमा उपचार नपाएर अकालमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था चागुनारायणमा आउन नदिने मेयर खत्रीको दाबी छ ।
दुवाकोटमा वीर अस्पताल निर्माण कार्य अघि बढाउन पहल
भक्तपुरको दुवाकोटमा प्रस्ताव गरिएको वीर अस्पतालको निर्माण कार्य अघि नबढेपछि नगर प्रमुख खत्रीले वीर अस्पतालका उपकुलपतिको देवनारायण साहलाई कार्यकक्षमै भेटेर अविलम्ब निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन । भेटमा नगर प्रमुख खत्रीले भवन निर्माण कार्य चाडो सम्पन्न गरेर दुवाकोटबाट गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न उपकुलपाति साहलाई आग्रह गरे । मेयर खत्रीले अस्पताल निर्माण गर्ने क्रममा नगरपालिकाको तर्फबाट अस्पताल प्रशासनलाई जस्तोसुकै सहयोग गर्न तयार गर्न रहेको बताउदै वीर अस्पताल निर्माण कार्यमा सहजिकरणका साथै सुखद् परिणाम निकाल्नका लागि चाँगुनारायण नगर कार्यसमिति बैठकबाट नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्य समिति समेत गठन गरेको जानकारी गराएका थिए ।
जग्गा वर्र्गीकरणलाई छिटो छरितो र प्रभावकारी बनउन छलफल
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रायका सहसचिव जनकराज जोशीसँग जग्गा वर्र्गीकरणको विषयमा छलफल गरेका छन । मेयर खत्रीलृ सहसचिव जोशीलाई सिंहदरवारमा भेटेर भूउपयोग नीति अनुरुप जग्गको नापजाच र वर्गीकरणलाई छिटो र प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए। सहसचिव जोशीसँगको भेटवार्तामा स्थानीयबासी सँगको सरसल्लाह,छलफल र राय सल्लाह अनुसार जग्गाको वर्गीकरणलाई अघि बढाउन मेयर खत्रीले आग्रह गरेका थिए । आवासीय क्षेत्र र खेतीयोग्य जमिनको वर्गीकरणको कार्य जारी रहेका बेला मेयर खत्रीले नापी कार्यालयका प्रमुख तथा कर्मचारी र सरोकारवाल पक्षसँग पनि निरन्तर छलफल गरिरहेका छन ।
व्यवस्थित बसोवास, सुरक्षित आवस, स्मार्ट सिटी,स्वच्छ एवं सुविधासम्पन्न बस्ती र योजनावद्ध विकास र व्यवसायीक खेती प्रणालीको पक्षमा अहोरात्र क्रियाशील मेयरले खत्री नगरपालिकाको मुहार फेर्न लागिपरेका छन ।
यसका अलवा नगर प्रमुख खत्रीले नगरको सरसफाई योजना निर्माण गरी कार्यान्वयनमा ल्याएका छन । सार्वजनिक यातायातको पुहँुच अभिवृद्धिका लागि विशेष कार्ययोजना बनाएका छन ।जसले नगरबासीलाई टेवा पुगेको छ ।
यस्तो छ मेयर खत्रीको राजनीतिक पृष्ठभूमि
खत्री नेविसंघको राजनीतिक पृष्ठभूमिबाट पार्टी राजनीतिमा स्थापित भएका हुन । भक्तपुर क्याम्पसको निर्वाचित स्वबियु सदस्य,नेविसंघको केन्द्रीय सदस्य जिम्मेवारी निर्वाह गरेका उनी पार्टीको बाह्रौ महाधिबेशनमा क्षेत्रीय सचिब निर्वाचित भएका थिए । त्यस पस्चात १३ औ र १४ औं अधिवेशनबाट नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित भए ।
२०७४ सालको प्रदेश सभा निर्बाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेका उनी बाम गठवन्धनका उम्मेदवारसँग झिने मतले पराजित भएका थिए । राजनीतिक अलवा उनी सामाजिक संघ सस्थामा पनि आवद्ध रहेर काम गरेका अनुभवी व्यक्ति हुन । उनी हालै नगरपालिका संघको बागमति प्रदेस सदस्य निर्वाचित भएका छन ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












