मतदातासामु गरेका बाचा पुरा गर्नमै व्यस्त चाँगुनारायणका मेयर खत्री
भक्तपुर । दोश्रो स्थानीय तह निर्वाचन पश्चात चाँगुनारायण नगरपालिकाले लय पक्रिएको छ । युवा जोस जागर बोकेका र चाँगुनारायणबासीले सर्वाधिक रुचाएका बौद्धिक छबीका विकासप्रमी नेता जीवन खत्री नगर प्रमुखमा निर्वाचित गराएपछि नगरपालिकाले सुशासन, विकास र संमृद्धिको लय पक्रिएको हो ।
स्थानीय चुनाव अघि मतदाता समक्ष राखेका वाचा पुरा गर्न खत्री अहोरात्र क्रियाशील छन । विहानीले दिनको शंकत गर्छ भनेझै उनले नगर प्रमुखको पदभार ग्रहण गरेदेखिनै नगरको काम रातदिन नभनी गरिरहेका छन ।
‘हाम्रो नगरपालिका राम्रो नगरपालिका’ बनाउने उनको अभियान छ । जस अनुरुप उनले नरपालिकाको सेवा प्रवाह छिटो छरितो र चुस्त दुरुस्त बनाएका छन । सुशासन, विकास निर्माण र जनजीविकाका सवाललाई ध्यान दिएका छन । शुद्ध खानेपानी, सडक, यातायात,खेलकुदको विकास,गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य,शिक्षाको अनुभूति दिलाउने गरी काम सुरु गरेका छन ।
मेयर खत्री चाँगुनारायण नगरपालिकालाई बिश्वसामु चिनाउने प्रमुख लक्ष्यका साथ अघि बढका छन । नगरलाई पर्यटकीय गन्तव्य बनाउने,शिक्षा,स्वास्थ्य र रोजगारीको सिर्जना, आधुनिक कृषि प्रणालीको बिकास गरी नगदेबाली लगाउन प्रेरित गर्ने उनको योजनालाई मुर्तरुप दिन स्पष्ट कार्ययोजना बनाएर अघि बढेका छन ।
नगर बासीले आश अपेक्ष पनि मेयर खत्रीप्रति धेरै छन । विज्ञ र सरोकारवाला पक्षको छलफलपछि मात्र आफू निर्णय लिने मेयर खत्री बताउँछन । उनले नगरको दूरगामी विकासका निम्ति दर्जनौ कदम चालेका छन । जुन कदमले उनीप्रति नगरबासीको झन विश्वास बढेको छ ।
नगरबासीलाई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने घोषणा
चाँगुनाराण नगरपालिकाको नगरसभाको सुभारम्भ गर्दै नगर प्रमुख खत्रीले नगरबासीलाई निःशुल्क रगत (रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरेका थिए ।
निःशुल्क रगत (रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरे लगत्तै चाँगुनारायण नगरपालिकाका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर बीच निःशुल्क रगत उपलब्ध गराउने ११ बुँदे सम्झौता भएको थियो ।
रगत किन्न नसकेर वा रगतको अभावमा समयमा उपचार नपाएर अकालमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था चागुनारायणमा आउन नदिने मेयर खत्रीको दाबी छ ।
दुवाकोटमा वीर अस्पताल निर्माण कार्य अघि बढाउन पहल
भक्तपुरको दुवाकोटमा प्रस्ताव गरिएको वीर अस्पतालको निर्माण कार्य अघि नबढेपछि नगर प्रमुख खत्रीले वीर अस्पतालका उपकुलपतिको देवनारायण साहलाई कार्यकक्षमै भेटेर अविलम्ब निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन । भेटमा नगर प्रमुख खत्रीले भवन निर्माण कार्य चाडो सम्पन्न गरेर दुवाकोटबाट गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न उपकुलपाति साहलाई आग्रह गरे । मेयर खत्रीले अस्पताल निर्माण गर्ने क्रममा नगरपालिकाको तर्फबाट अस्पताल प्रशासनलाई जस्तोसुकै सहयोग गर्न तयार गर्न रहेको बताउदै वीर अस्पताल निर्माण कार्यमा सहजिकरणका साथै सुखद् परिणाम निकाल्नका लागि चाँगुनारायण नगर कार्यसमिति बैठकबाट नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्य समिति समेत गठन गरेको जानकारी गराएका थिए ।
जग्गा वर्र्गीकरणलाई छिटो छरितो र प्रभावकारी बनउन छलफल
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रायका सहसचिव जनकराज जोशीसँग जग्गा वर्र्गीकरणको विषयमा छलफल गरेका छन । मेयर खत्रीलृ सहसचिव जोशीलाई सिंहदरवारमा भेटेर भूउपयोग नीति अनुरुप जग्गको नापजाच र वर्गीकरणलाई छिटो र प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए। सहसचिव जोशीसँगको भेटवार्तामा स्थानीयबासी सँगको सरसल्लाह,छलफल र राय सल्लाह अनुसार जग्गाको वर्गीकरणलाई अघि बढाउन मेयर खत्रीले आग्रह गरेका थिए । आवासीय क्षेत्र र खेतीयोग्य जमिनको वर्गीकरणको कार्य जारी रहेका बेला मेयर खत्रीले नापी कार्यालयका प्रमुख तथा कर्मचारी र सरोकारवाल पक्षसँग पनि निरन्तर छलफल गरिरहेका छन ।
व्यवस्थित बसोवास, सुरक्षित आवस, स्मार्ट सिटी,स्वच्छ एवं सुविधासम्पन्न बस्ती र योजनावद्ध विकास र व्यवसायीक खेती प्रणालीको पक्षमा अहोरात्र क्रियाशील मेयरले खत्री नगरपालिकाको मुहार फेर्न लागिपरेका छन ।
यसका अलवा नगर प्रमुख खत्रीले नगरको सरसफाई योजना निर्माण गरी कार्यान्वयनमा ल्याएका छन । सार्वजनिक यातायातको पुहँुच अभिवृद्धिका लागि विशेष कार्ययोजना बनाएका छन ।जसले नगरबासीलाई टेवा पुगेको छ ।
यस्तो छ मेयर खत्रीको राजनीतिक पृष्ठभूमि
खत्री नेविसंघको राजनीतिक पृष्ठभूमिबाट पार्टी राजनीतिमा स्थापित भएका हुन । भक्तपुर क्याम्पसको निर्वाचित स्वबियु सदस्य,नेविसंघको केन्द्रीय सदस्य जिम्मेवारी निर्वाह गरेका उनी पार्टीको बाह्रौ महाधिबेशनमा क्षेत्रीय सचिब निर्वाचित भएका थिए । त्यस पस्चात १३ औ र १४ औं अधिवेशनबाट नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित भए ।
२०७४ सालको प्रदेश सभा निर्बाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेका उनी बाम गठवन्धनका उम्मेदवारसँग झिने मतले पराजित भएका थिए । राजनीतिक अलवा उनी सामाजिक संघ सस्थामा पनि आवद्ध रहेर काम गरेका अनुभवी व्यक्ति हुन । उनी हालै नगरपालिका संघको बागमति प्रदेस सदस्य निर्वाचित भएका छन ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












