प्रचण्ड बाबुरामबीच भेटवार्ता, एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने सहमति नजिक
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पूर्वसहकर्मी समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बाबुरामबीच एक्लाएक्लै भेटवार्ता भएको हो । उक्त वार्ताको क्रममा प्रचण्डले बाबुरामलाई पाँच दलीय गठबन्धनमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, दुई नेताबीच माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथाैडामा निर्वाचनमा जाने मोटामोटी सहमति समेत जुटेको छ ।
उनीहरु साझा घोषणापत्र र एउटै निर्वाचन चिन्हबाट चुनावमा जाने सहमतिको नजिक पुगेको स्रोतको दाबी छ । यसअघिको भेटमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । तर आइतवार दुई नेताबीच एक्ला एक्लै वार्ता भएको थियो ।
प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि भोलि (सोमबार) सत्तारुक्ष गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।
बाबुराम सत्ता गठबन्धनमा सहभागी भएपछि माओवादी र समाजवादीको एउटै घोषणापत्र र चुनाव चिह्न हुनेछ। अब बाबुरामले माओवादीकै चिह्नबाट आगामी निर्वाचनमा लड्ने समझदारी बनेको बताइएको छ।
यसबारे थप गृहकार्य गर्ने सहमतिसहित दुई नेताहरुको बैठक सकिएको छ। जनता समाजवादी पार्टीबाट बिदा भएपछि बाबुराम अहिले नयाँ पार्टी खोलेर राजनीतिक अभियानमा छन्। यस्तोमा उनी आगामी चुनाव जित्ने राम्रो विकल्पको खोजीमा जुटेका हुन्।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












