प्रचण्ड बाबुरामबीच भेटवार्ता, एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने सहमति नजिक
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पूर्वसहकर्मी समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बाबुरामबीच एक्लाएक्लै भेटवार्ता भएको हो । उक्त वार्ताको क्रममा प्रचण्डले बाबुरामलाई पाँच दलीय गठबन्धनमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, दुई नेताबीच माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथाैडामा निर्वाचनमा जाने मोटामोटी सहमति समेत जुटेको छ ।
उनीहरु साझा घोषणापत्र र एउटै निर्वाचन चिन्हबाट चुनावमा जाने सहमतिको नजिक पुगेको स्रोतको दाबी छ । यसअघिको भेटमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । तर आइतवार दुई नेताबीच एक्ला एक्लै वार्ता भएको थियो ।
प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि भोलि (सोमबार) सत्तारुक्ष गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।
बाबुराम सत्ता गठबन्धनमा सहभागी भएपछि माओवादी र समाजवादीको एउटै घोषणापत्र र चुनाव चिह्न हुनेछ। अब बाबुरामले माओवादीकै चिह्नबाट आगामी निर्वाचनमा लड्ने समझदारी बनेको बताइएको छ।
यसबारे थप गृहकार्य गर्ने सहमतिसहित दुई नेताहरुको बैठक सकिएको छ। जनता समाजवादी पार्टीबाट बिदा भएपछि बाबुराम अहिले नयाँ पार्टी खोलेर राजनीतिक अभियानमा छन्। यस्तोमा उनी आगामी चुनाव जित्ने राम्रो विकल्पको खोजीमा जुटेका हुन्।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











