जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाई जनताले सुविधाको अनुभुत गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । आजदेखि ललितपुरमा सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा उनले जनप्रतिनिधिकै कामले पार्टीको लोकप्रियता बचाउने विश्वाश व्यक्त गर्दै आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताए ।
उनले भने, ‘स्थानीय तह निर्वाचनबाट हामी बलियो भएका छौं । अब हाम्रो ध्यान मंसिर ४ को संघीय र प्रदेश निर्वाचनमा छ । पहिलो पार्टी बन्छ भनेर हामी लाग्नुपर्छ, त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
२०७४ सालमा गठबन्धनसँग एक्लै लडेर पराजित भएको स्मरण गर्दै अहिले आफ्नै बलियो गठबन्धन रहेको बताए ।
उनले अब कति ठाउँमा जित्छौं भन्ने महत्त्वपूर्ण हुने र सोही अनुसार भेदभाव नगरी मिलाएर लैजाने बताए । उनले यसपटक गठबन्धन पनि लागु हुने र टिकट वितरण न्यायबद्ध हुने बताए । उनले भने, ‘कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












