माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?
महोत्तरी । मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडाैं पुगेर एमाले प्रवेश गरे । वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन हुँदै गर्दा वाइसीएलमै आवद्ध महोत्तरीका युवाहरूलाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा भित्र्याए ।
यसअघि माओवादीका केन्द्रीय सदस्यसमेत रहेका टेकबहादुर बलम्पाकी र युवा नेता फाल्गुन सुस्लिङ मगर एमाले प्रवेश गरिसकेका छन् । बलम्पाकीलाई ओलीले १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । जुन निर्णयप्रति एमाले संस्थापन पक्ष सन्तुष्ट बन्न सकेका छैन ।
एमालेभित्र गुट, उपगुट निर्माण गरी बलम्पाकी र फाल्गुन सुस्लिङ मगरले कमजोर बनाउँदै लगेको संस्थापन पक्षकाे आरोप छ । एमाले प्रवेश गरे पनि नेताहरू अझै संस्थापन पक्षको चुलोचौकामा पुग्न सकेका छैनन् । केन्द्रबाट अधिवेशनसम्मका लागि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नेता बलम्पाकीलाई संस्थापन एमालेले स्वीकार गर्न सकेन । फलस्वरूप जिल्ला अधिवेशन गराउन नेता बलम्पाकी पटक-पटक असफल मात्र भएनन् इन्चार्जबाटै हटे । एमाले जिल्ला अधिवेशन ५ र ६ असोजलाई निर्धारण गरिएको छ । बलम्पाकीलाई हटाएर अर्का केन्द्रीय सदस्य सरोज यादवलाई इन्चार्ज बनाइएको छ ।
पूर्वमाओवादीकै कारण घरझगडा बढिरहेको आरोप लागिरहेका बेला मधेस प्रदेश कमिटी सदस्य शकर महतो तथा वाइसिएयल महोत्तरी इन्चार्ज मनोज थापा, निरज अधिकारीहरूलाई एमालेले कसरी स्वीकार गर्ला भन्ने प्रश्न उब्जेको छ । शंकर महतो गिरिराजमणि पोखरेल निकट हुन् । पोखरेल शिक्षामन्त्री हुँदा उनी झन्डै पाँच वर्ष उनकाे सचिवालयमा बसेर काम गरेका थिए ।
निरज अधिकारीले पनि माओवादीबाटै आफ्नो राजनीतिक हैसियत बनाएका हुन् । २०७४ को निर्वाचनमा वडा सदस्य जितेका अधिकारीले २०७८ को निर्वाचनमा वडाध्यक्षका लागी दाबी गरेका थिए । जनमोर्चा धारका अधिकारीलाई संस्थापन पक्षले टिकट नदिएपछि उनले माओवादी छाडेको घोषणा गरेका थिए । वडाध्यक्षमा बागी उम्मेदवारी दिएका अधिकारी अर्का स्वतन्त्र उम्मेदवार भोला खड्कासँग पराजित भएका थिए । वाइसीएल महोत्तरीका संयोजक मनोज थापालाई पनि सम्मानित पदमै हैसियत दिएको थियो ।
एमाले महोत्तरीका नेताहरू माओवादी छाडेर आएका युवाहरूसँग त्यति धेरै खुसी छैनन् । गुटगत राजनीति गर्न सिकेका नेताहरू एमालेमा भाँडभैलो गर्लान् कि भन्ने एमाले संस्थापन पक्षको चिन्ता छ । एमाले केन्द्रीय सल्लाहकार सरिता ढुंगाना जिल्लामा पार्टी कमजोर बन्नुमा पूर्वमाओवादीहरूलाई दोष दिन्छिन् ।
तर मंगलबार एमाले प्रवेश गरेका शंकर महतो पार्टी बलियाे बन्न सहयाेग गर्ने बताउँछन् । एमालेले प्रदेश सभा सदस्यको टिकट दिने सुनिश्चित गरेपछि महताे पार्टी प्रवेश गरेकाे चर्चा चलेकाे छ ।
वाइसिएलको केन्द्रीय अध्यक्ष नपाउने भएपछि महतो एमाले प्रवेश गरेको स्रोतले बताएको छ । माओवादीमा अथाह अवसर दिँदादिँदै पनि एकैचोटि ठूलो भाग खोजेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











