सरस्वती कली र लोकतन्त्र कलीले जन्माइन् छावा
काठमाडौँ । पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ ।
आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक छावा जन्माएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी छावालाई जन्म दिएका हुन् ।
हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । दुबै आमा र दुबै छावाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले जानकारी दिए ।
नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाईसराई गरेर आउने (झापा र शुक्लाफाटामा) २०० को हाराहारीमा र घरपालुवा १७८ (सरकारी १०२ र निजी ७६) को संख्यामा हात्ती छन् । घरपालुवा हात्ती कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उनले बताए । चितनवमा हात्तीको प्रजनन केन्द्र सफल रुपमा सञ्चालित छ ।
हात्तीले एकै दिन भाले र पोथी छावा जन्माउनु खुशीको कुरा भएको बताउँदै महानिर्देशक ढकालले यिनीहरुको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले हात्तीसारमा काम गर्ने कर्मचारीको सेवासुविधा वृद्धि गरी प्रोत्साहन गर्नुपर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवानको रुपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ ।
सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको जानकारी दिदै उनले पर्यटन प्रर्बद्धनमा पनि हात्तीको ठूलो योगदान रहेको बताए । यसका साथै बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ । यो समस्या न्यूनिकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ ।
हात्ती कै विषयमा विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामका अनुसार जङ्गली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज र त्यसपछि पर्सा राष्टिय निकुञ्ज हो । पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चनौती बढ्दै गएका छन् ।
बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेण्ट लागेर हात्ती मर्ने गरेको छ भने बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती भएको उनले बताए । नेपालमा हालसम्म बाघ र गैंडाको जस्तो व्यवस्थितरुपमा हात्तीको गणना गर्ने नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उनको तर्क थियो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











