भ्रममा नपर्न वडाध्यक्ष तामाङको अपिल
काठमाडाैं । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङले गलत मनशायका कारण छरिएको भ्रममा नपर्न अपिल गरेका छन् ।
वडा कार्यालयको जग्गा र भवन निर्माणको विषयलाई लिएर अख्तियारले पत्र काटेपछि वडा अध्यक्ष तामाङले गलत मनशायबाट प्रेरित भएका मान्छेको गलत कदमका कारण भएको काममा भ्रममा नपर्न अपिल गरेका हुन् ।
वडा कार्यालय निर्माणको लागि जग्गा खरिदमा भ्रष्टचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेपछि वडा कार्यालयसँग स्पष्टीकरण मागेको थियो । सोही विषयलाई लिएर सामाजिक सञ्जाल र आम मिडियामा भ्रम फैलाउने गरि प्रचार प्रसार गरेपछि वडा अध्यक्ष तामाङले यसको प्रतिक्रिया दिएका छन् ।
उनले अख्तियारमा परेको उजुरी कुनै सत्यता नभएको बताएका छन् । वडा कार्यालय भवन निर्माणको लागि जग्गा खरिद नगरेको र भवन निर्माण पनि ठेक्का प्रक्रिया मार्फत भएकोले उक्त उजुरीमा उल्लेख गरेको आरोप झूट भएको उनले बताए ।
‘जग्गा हामीले खरिद गरेकै होइन, निःशुल्क उपलब्ध भएको हो । अनि कसरी आर्थिक चालखेल हुन्छ ?’ उनले भने, ‘जनताको लागि केही गरौं भनेर हामी यहाँ आएका हौं । उजुरीमा जुन प्रकारको आरोप लगाएको छ यस्तो निकृष्ट काम मबाट हुँदैन । हुनेपनि छैन ।’
वडा भित्र उचित स्थान र जग्गा नहुँदा वडा कार्यालय भवन निर्माणमा समस्या भइरहेको बेला तत्कालीन समयमा वडा सदस्य तथा हाल कार्यपालिका सदस्य समेत रहेका रमिला पन्तले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । सोही जग्गामा भवन निर्माणका लागि गाउँपालिकाले बजेट व्यवस्था गरि टेन्डर मार्फत भवन निर्माण भएको हो ।
वडा अध्यक्ष तामाङका अनुसार वडा कार्यालय निर्माणको लागि सार्वजनिक रुपमै जग्गा प्रदानको लागि आव्हान गरिएकोमा पन्तले जग्गा दिएका थिए । त्यसपछि २०७६ साल जेष्ठ २८ गते तत्कालीन वडा सचिव रामचन्द्र अधिकारीको रोहवरमा वडा कार्यालयको नाममा जग्गा पास भएको थियो ।
निःशुल्क दिए बापत वडा अध्यक्ष तामाङलाई के आधारमा जग्गा दिनुपर्ने हो प्रश्न उठेको छ । ‘एकातिर वडा कार्यालय भवन निर्माणकाले निःशुल्क जग्गा दिनुभएको छ, अर्को तिर फेरि मलाई किन र केको आधारमा जग्गा दिनुहुन्छ उहाँले ? त्यसैले यस्ता कुराको पछि लाग्नु हुँदैन ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












