भ्रममा नपर्न वडाध्यक्ष तामाङको अपिल
काठमाडाैं । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङले गलत मनशायका कारण छरिएको भ्रममा नपर्न अपिल गरेका छन् ।
वडा कार्यालयको जग्गा र भवन निर्माणको विषयलाई लिएर अख्तियारले पत्र काटेपछि वडा अध्यक्ष तामाङले गलत मनशायबाट प्रेरित भएका मान्छेको गलत कदमका कारण भएको काममा भ्रममा नपर्न अपिल गरेका हुन् ।
वडा कार्यालय निर्माणको लागि जग्गा खरिदमा भ्रष्टचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेपछि वडा कार्यालयसँग स्पष्टीकरण मागेको थियो । सोही विषयलाई लिएर सामाजिक सञ्जाल र आम मिडियामा भ्रम फैलाउने गरि प्रचार प्रसार गरेपछि वडा अध्यक्ष तामाङले यसको प्रतिक्रिया दिएका छन् ।
उनले अख्तियारमा परेको उजुरी कुनै सत्यता नभएको बताएका छन् । वडा कार्यालय भवन निर्माणको लागि जग्गा खरिद नगरेको र भवन निर्माण पनि ठेक्का प्रक्रिया मार्फत भएकोले उक्त उजुरीमा उल्लेख गरेको आरोप झूट भएको उनले बताए ।
‘जग्गा हामीले खरिद गरेकै होइन, निःशुल्क उपलब्ध भएको हो । अनि कसरी आर्थिक चालखेल हुन्छ ?’ उनले भने, ‘जनताको लागि केही गरौं भनेर हामी यहाँ आएका हौं । उजुरीमा जुन प्रकारको आरोप लगाएको छ यस्तो निकृष्ट काम मबाट हुँदैन । हुनेपनि छैन ।’
वडा भित्र उचित स्थान र जग्गा नहुँदा वडा कार्यालय भवन निर्माणमा समस्या भइरहेको बेला तत्कालीन समयमा वडा सदस्य तथा हाल कार्यपालिका सदस्य समेत रहेका रमिला पन्तले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । सोही जग्गामा भवन निर्माणका लागि गाउँपालिकाले बजेट व्यवस्था गरि टेन्डर मार्फत भवन निर्माण भएको हो ।
वडा अध्यक्ष तामाङका अनुसार वडा कार्यालय निर्माणको लागि सार्वजनिक रुपमै जग्गा प्रदानको लागि आव्हान गरिएकोमा पन्तले जग्गा दिएका थिए । त्यसपछि २०७६ साल जेष्ठ २८ गते तत्कालीन वडा सचिव रामचन्द्र अधिकारीको रोहवरमा वडा कार्यालयको नाममा जग्गा पास भएको थियो ।
निःशुल्क दिए बापत वडा अध्यक्ष तामाङलाई के आधारमा जग्गा दिनुपर्ने हो प्रश्न उठेको छ । ‘एकातिर वडा कार्यालय भवन निर्माणकाले निःशुल्क जग्गा दिनुभएको छ, अर्को तिर फेरि मलाई किन र केको आधारमा जग्गा दिनुहुन्छ उहाँले ? त्यसैले यस्ता कुराको पछि लाग्नु हुँदैन ।’
Comments
अरु समाचार
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
टर्किस एयरलाइन्सको विमानमा आगो, यात्रु सबै सुरक्षित
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि दमकलको प्कोरयोग गरेर आगो...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...












