भलिबल सङ्घको अध्यक्षमा जीतेन्द्रबहादुर चन्दको उम्मेदवारी
काठमाडाैं । नेपाल भलिबल सङ्घको आसन्न नवौँ चुनावी अधिवेशनका लागि सङघका वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
यही भदौ २२ गते हुने उक्त अधिवेशनका लागि चन्दले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको भलिबल कर्भडहल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको राष्ट्रिय खेल भलिबलको केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्डको कर्भडहल निर्माणका लागि सम्बन्धित निकायसँग निर्माण गर्न पहल गर्ने र आफ्नो कार्यकालमा जसरी भए पनि निर्माण गर्ने उल्लेख गरे ।
“सरकारको एकल प्रयासले मात्र पुग्दैन, यसका लागि स्वदेशी तथा विदेशी डोनरको आवश्यकता पर्दछ जुन सहयोग अपिलका लागि मेरो टिममा सशक्त व्यक्ति हुनुहुन्छ, उहाँहरुको सहयोगले नेपालमा पनि भलिबल खेलका लागि छुटै कर्भडहल निर्माण हामी गर्नेछौँ”, महासचिव चन्दले भने ।
महासचिव चन्दले आफ्नो कार्यकालमा कम्तीमा पनि छ वटा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता नेपालमा नै गर्ने योजना भएको बताए । उनले भलिबल खेललाई आर्थिक र भौतिकरूपमा सहयोग गर्ने दाता, भलिबल खेलमा आफ्नो पूरा जीवन समर्पण गर्नेहरु तथा खेल जीवनबाट सन्न्यास घोषणा गर्ने खेलाडीलाई सम्मान गर्दै जानेसमेत बताए । चन्द पूर्वखेलाडीका साथै सेन्ट्रल भलिबल एसोसियसनका कोषाध्यक्षसमेत हुन् ।
यसैगरी चन्दको प्यानलबाट रोशन श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएका छन् । नेपाल भलिबल सङ्घकी वर्तमान उपाध्यक्ष निरोज मास्केले एक महिनाअघि नै अध्यक्ष पदमा उमेदवारीको घोषणा गरिसकेकी छन् । उनको प्यानलबाट महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गरेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












