भलिबल सङ्घको अध्यक्षमा जीतेन्द्रबहादुर चन्दको उम्मेदवारी
काठमाडाैं । नेपाल भलिबल सङ्घको आसन्न नवौँ चुनावी अधिवेशनका लागि सङघका वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
यही भदौ २२ गते हुने उक्त अधिवेशनका लागि चन्दले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको भलिबल कर्भडहल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको राष्ट्रिय खेल भलिबलको केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्डको कर्भडहल निर्माणका लागि सम्बन्धित निकायसँग निर्माण गर्न पहल गर्ने र आफ्नो कार्यकालमा जसरी भए पनि निर्माण गर्ने उल्लेख गरे ।
“सरकारको एकल प्रयासले मात्र पुग्दैन, यसका लागि स्वदेशी तथा विदेशी डोनरको आवश्यकता पर्दछ जुन सहयोग अपिलका लागि मेरो टिममा सशक्त व्यक्ति हुनुहुन्छ, उहाँहरुको सहयोगले नेपालमा पनि भलिबल खेलका लागि छुटै कर्भडहल निर्माण हामी गर्नेछौँ”, महासचिव चन्दले भने ।
महासचिव चन्दले आफ्नो कार्यकालमा कम्तीमा पनि छ वटा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता नेपालमा नै गर्ने योजना भएको बताए । उनले भलिबल खेललाई आर्थिक र भौतिकरूपमा सहयोग गर्ने दाता, भलिबल खेलमा आफ्नो पूरा जीवन समर्पण गर्नेहरु तथा खेल जीवनबाट सन्न्यास घोषणा गर्ने खेलाडीलाई सम्मान गर्दै जानेसमेत बताए । चन्द पूर्वखेलाडीका साथै सेन्ट्रल भलिबल एसोसियसनका कोषाध्यक्षसमेत हुन् ।
यसैगरी चन्दको प्यानलबाट रोशन श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएका छन् । नेपाल भलिबल सङ्घकी वर्तमान उपाध्यक्ष निरोज मास्केले एक महिनाअघि नै अध्यक्ष पदमा उमेदवारीको घोषणा गरिसकेकी छन् । उनको प्यानलबाट महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गरेका छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












