निर्वाचन आयोगको अडानका कारण संसद अन्त्य गर्ने तयारीमा सरकार
काठमाडाैं । सरकारले प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी थालेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवारको मनोनयन दर्तासंगै समयावधी सकिने भन्दै अडान कायम राखेपछि अन्ततः सरकार पनि प्रतिनिधिसभा अन्त्यको तयारीमा जुटेको हो ।
संसदको कार्यकालबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्रीपरिषद्को शुक्रबार बस्ने बैठकले संघीय संसदको ११ औं अधिवेशन शनिबार मध्यरातिदेखि अन्त्य गर्न सिफारिस गर्ने तयारीमा जुटेको एक मन्त्रीले जनाए ।
‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन्त्रीले भने ।
आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिकको मनोनयन दर्ता आइतबारदेखि हुँदैछ । आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यक्रम तय गरेको छ । भने, आयोगले बन्दसूची बुझाउने अघिल्लो दिनदेखि नै संसदको कार्यकाल सकिने जनाइसकेको छ ।
यता, सरकार भने राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेसम्म संसदको कार्यकाल राख्ने पक्षमा थियो । तर, आयोगले निर्वाचन कार्यक्रम सार्ने विषयमा अडान कायम राखेपछि सरकारले संसदको अधिवेशन हन्त्य गर्न सिफारिस गर्ने तयारी गरेको हो ।
‘सरकारले प्रस्ताव नगरेसम्म बैठक अन्त्य गर्ने अधिकार संसद् सचिवालयलाई हुँदैन,’ सरकारका एक मन्त्रीले भने, ‘यो समस्या हल गर्न सरकारले संसद् अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपतिलाई गर्नेछ ।’ प्रतिनिधिसभाको बैठक शुक्रबारै अन्त्य गर्ने वा शनिबार पनि बस्ने मन्त्रिपरिषद्को निर्णयमा भर पर्ने संसद् सचिवालय स्रोतले जनाएको छ । सचिवालयले संसद्मा भएका कामका खेस्रासमेत तयार गरिसकेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












