निर्वाचन आयोगको अडानका कारण संसद अन्त्य गर्ने तयारीमा सरकार
काठमाडाैं । सरकारले प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी थालेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवारको मनोनयन दर्तासंगै समयावधी सकिने भन्दै अडान कायम राखेपछि अन्ततः सरकार पनि प्रतिनिधिसभा अन्त्यको तयारीमा जुटेको हो ।
संसदको कार्यकालबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्रीपरिषद्को शुक्रबार बस्ने बैठकले संघीय संसदको ११ औं अधिवेशन शनिबार मध्यरातिदेखि अन्त्य गर्न सिफारिस गर्ने तयारीमा जुटेको एक मन्त्रीले जनाए ।
‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन्त्रीले भने ।
आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिकको मनोनयन दर्ता आइतबारदेखि हुँदैछ । आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यक्रम तय गरेको छ । भने, आयोगले बन्दसूची बुझाउने अघिल्लो दिनदेखि नै संसदको कार्यकाल सकिने जनाइसकेको छ ।
यता, सरकार भने राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेसम्म संसदको कार्यकाल राख्ने पक्षमा थियो । तर, आयोगले निर्वाचन कार्यक्रम सार्ने विषयमा अडान कायम राखेपछि सरकारले संसदको अधिवेशन हन्त्य गर्न सिफारिस गर्ने तयारी गरेको हो ।
‘सरकारले प्रस्ताव नगरेसम्म बैठक अन्त्य गर्ने अधिकार संसद् सचिवालयलाई हुँदैन,’ सरकारका एक मन्त्रीले भने, ‘यो समस्या हल गर्न सरकारले संसद् अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपतिलाई गर्नेछ ।’ प्रतिनिधिसभाको बैठक शुक्रबारै अन्त्य गर्ने वा शनिबार पनि बस्ने मन्त्रिपरिषद्को निर्णयमा भर पर्ने संसद् सचिवालय स्रोतले जनाएको छ । सचिवालयले संसद्मा भएका कामका खेस्रासमेत तयार गरिसकेको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












