यी चर्चित नेता जसलाई पार्टीले टिकट दिएन
काठमाडाैं। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो ।
पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो बचाउ गरेका छन् ।
सभामुख अग्नि सापकोटा उम्मेदवार बनेका छैनन् । उनले युवाका लागि छाडिदिएको बताए । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित उनी यसपटक उम्मेदवार नै बनेनन् । उनले आफ्ना भतिज माधव सापकाेटालाई उम्मेदवार बनाए ।
नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटक चुनावी मैदानमा उत्रिएनन् । युवालाई छाडेको बताएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने भएका छन् । डा. भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका छन् ।
यसैगरी एमालेका भीम रावल, घनश्याम भुसाल, रामवीर मानन्धर, गंगा चौधरीले टिकट पाएनन् । पार्टीले टिकट नदिएपछि भुसालले रुपन्देही १, रामवीर मानन्धरले काठमाडौं ७ र गंगा चौधरीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेसका डा. मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, डा. रामशरण महतले पनि टिकट पाएनन् । सिंहले भने सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रिजाल र महत समानुपातिकमा समेत परेनन् ।
माओवादीका अग्नि सापकाेटासहित कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, हेमराज भण्डारीले पनि पार्टीबाट टिकट पाएनन् । भण्डारीले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अरुले उम्मेदवारी नै दिएनन् ।
मुख्यमन्त्री भइसकेका एमालेका डोरमणि पौडेल र माओवादीका त्रिलोचन भट्टले पनि यसपटक टिकट पाएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका कुलप्रसाद केसीलाई पनि माओवादीले टिकट दिएन ।
एकीकृत समाजवादीका महासचिव डा. विजय पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भवानीप्रसाद खापुङ, हीराचन्द्र केसीले पनि टिकट पाएनन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











