राजु गुरुङको उम्मेदवारी खारेज, एमाले उपाध्यक्ष पाैडेललाई चुनवमा सहज
काठमाडाैं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खारेज भएको हो । योसंगै उनका प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सहज बन्ने भएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो ।
सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्तकालीन अन्तरिम आदेशलाई निरन्तरता परिरहन परेन । अरु कानुन बमोजिम गर्नू,’
गुरुङसँगै रुपन्देही क्षेत्र नं २ मा नै उम्मेदवारी दिएका कमल भुसालको पनि उम्मेदवारी निर्वाचन आयोगको कार्यालयले खारेज गरेको थियो । त्यसविरद्ध भुसालले सर्वोच्चमा रिट दिए पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छैन । यद्यपि सर्वोच्चले कारणसहित थप छलफलका लागि दुवै पक्षलाई कात्तिक १५ गते बोलाएको छ। सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट भने उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी परेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












