फ्रान्सको अन्तर्राष्ट्रिय मोटर स्पोर्टसमा नेपाली खेलाडीले सहभागिता जनाउने
काठमाडाैं । नेपाली मोटर स्पोर्टस खेलाडीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतियोगतामा सहभागिता जनाउने भएका छन् ।
मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन अटो मोवाइल्स एफएआईद्वारा फ्रान्सको मार्सेली सहरमा ओलम्पिक र्फम्याटमा आयोजना हुने एफएआइ मोटर स्पोर्टस गेम्स २०२२ मा नेपाली खेलाडीहरुले सहभागिता जनाउने भएका हुन् । यही अक्टोबर २६ बाट ३१ सम्म हुने प्रतियोगितामा तिन जना नेपाली राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने नेपाल अटोमोवाइल एसोसियशन (नासा)ले जनाएको छ ।
मोटर स्पोर्टसका राष्ट्रिय खेलाडी अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फ बाट उक्त प्रतियोगितामा क्रमशः अटो स्लालोक र कार्टिङ स्प्रिन्ट सिनियर विद्यामा सहभागिता जनाउने नासाले जनाएको छ । प्रतियोगितामा १७ भन्दा बढी बिधाहरु ९डिसिप्लेन० समावेश गरिएको छ भने विश्व भरीका राष्ट्रिय खेलाडीहरु सहभागी हुनेछन् ।
प्रतियोगितालाई मोटर स्पोर्टसको संसारमा वर्ल्ड कप सरहको रुपमा हेरिने र सबै भन्दा बढी रुचाइएको मोटरस्पोटर्स गेम एक साहासिक खेल रहेको जनाउँदै नासाले भनेको छ–“नेपाली खेलाडीहरुको उपस्थिति मात्रले नै राष्ट्रको नाम र झण्डा उच्च रहने छ । खेलाडीहरु सँग कुरा गर्दा उहाँहरुको आत्मबल र राष्ट्रिय झण्डा विश्व सामु फहराउँने अभियानको व्याख्या सुन्दा राष्ट्रप्रेममा खेलाडीहरु समर्पित रहेको आभास हुनेछ ।”
संसारमै अत्यन्तै लोकप्रिय भनिएको मोटर स्पोर्टस नेपालमा भने ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झन्डै झन्डै ओलम्पिक फम्यार्टमा भने केहि वर्ष आगाडी मात्र मोटर स्पोर्ट्स गेम्स्को शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको व्राण्डीङ्ग, कोर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्राण्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडी को सहभागिता मुख्य आधार रहेकोले पनि प्रतियोगिता महत्वपूर्ण हुने नासाका अध्यक्ष दशरथ रिसालले जनाएका छन् ।
प्रतियोगितामा सहभागी तिन जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड रहेको जनाउँदै यदुराज लामिछाने र सृजना बराल अफिसियलका रुपमा रहने जनाइएको छ । प्रतियोगितामा नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, इक्युप्मेन्ट्स, हवाई भाडा र बसोबासका लागि अनुमानित ३२ लाख खर्च लाग्ने संस्थाले जनाएको छ ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











