धेरैजसो दुर्घटनामा चालकको लापरबाही !
काठमाडौं । गत मंसिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । दुर्घटनामा २२ जना घाइते भए । बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि त्यहाँ पुगेर फर्किँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारण खोज्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजकत्वमा गठित छानविन समितिले काम गरिहेको छ ।
घटनास्थलमा शुक्रबार वलोकन गर्न पुगेका सुनुवारले गाडी अनियन्त्रित भइ सडक छेउको पहरामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिए पनि छानवीनपछि मात्रै यकिन कारण खुल्ने जानकारी दिए । यस्तै मङ्सिर २६ गते जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको जीप मध्यपहाडी सडकखण्डअन्तरगत भिरपाटीमा अनियन्त्रित दुर्घटना भयो ।
उक्त दुर्घटनामा १२ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा चालकसहित सबै यात्रुले ज्यान गुमाए । दुर्घटना कसरी भएको थियो भनेर जानकारी दिने कोही बाँकी रहेनन् । दुर्घटनापछि गृहमन्त्री बालकृष्ण खाणले पहाडी क्षेत्रमा पटकपटक हुने दुर्घटना रोक्नका लागि विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभयो । यी दुई दुर्घटना मुलुकका प्रतिनिधि घटना हुन् । साँझ, विहान तथा रातिका समयमा नियमित गुड्ने सवारी साधान नेपालका सडकमा दुर्घटनामा परेका छन् । चाडवाड, मेला, पर्व, भ्रमण र वनभोजका लागि प्रयोग गरिएका सवारीसाधन दुर्घटनामा बढी पर्ने गरेका पाइएका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह सचेतना नपुगेर दुर्घटना भएको नभई लापरबाही तथा यान्त्रिक समस्याका कारण भएको बताउँछन् । ‘दुर्घटना न्युनिकरणका लागि गृहमन्त्रालयबाट आवश्यक पहल र जिल्लास्तरमा निर्देशन भएको छ, हाल प्राप्त श्रोतसाधनलाई परिचालन गर्ने हो, हामी त्यो गर्दैआएका छौँ’, उनले भने, ‘ट्राफिक, सडकको अवस्थालगायत बारेमा सबैले ध्यान दिनुपर्छ ।’ सडकको अवस्था धेरै ठाउँमा कमजोर पाइन्छ । कतिपय दुर्घटना यान्त्रिक समस्याले भएका छन् । गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए ।
स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा दुर्घटना भएको हो । ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । भौगोलिक अवस्था, चालकको लापरबाही र सवारीसाधनको अवस्था राम्रो नहुँदा दुर्घटना वर्षेनि बढ्दै छन् । गृहसचिव सिंह धेरै दुर्घटनामा चालकको कमजोरी देखिएको बताउनुहुन्छ । मदिरा सेवन गरेर तथा लागूऔषध प्रयोग गरी सवारीसाधन चलाउने गरिएको पाइएको छ । अनुगमन गर्ने निकायको कमजोरी छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले धेरैजसो दुर्घटनामा चालकको लापरबाही पाइएको बताए । ‘सडकको अवस्था र यान्त्रिक गडबढीले पनि दुर्घटना बढिरहेका छन्’, उनले भने । प्रहरीको अभिलेखअनुसार गत साउनयता झण्डै १५ हजार सवारीसाधन दुर्घटनामा परेका छन् । सो अवधिमा दुर्घटनामा ९९२ जनाले ज्यान गुमाएका छन् । दुई हजार व्यक्ति भन्दा बढी घाइते भएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











