धेरैजसो दुर्घटनामा चालकको लापरबाही !
काठमाडौं । गत मंसिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । दुर्घटनामा २२ जना घाइते भए । बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि त्यहाँ पुगेर फर्किँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारण खोज्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजकत्वमा गठित छानविन समितिले काम गरिहेको छ ।
घटनास्थलमा शुक्रबार वलोकन गर्न पुगेका सुनुवारले गाडी अनियन्त्रित भइ सडक छेउको पहरामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिए पनि छानवीनपछि मात्रै यकिन कारण खुल्ने जानकारी दिए । यस्तै मङ्सिर २६ गते जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको जीप मध्यपहाडी सडकखण्डअन्तरगत भिरपाटीमा अनियन्त्रित दुर्घटना भयो ।
उक्त दुर्घटनामा १२ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा चालकसहित सबै यात्रुले ज्यान गुमाए । दुर्घटना कसरी भएको थियो भनेर जानकारी दिने कोही बाँकी रहेनन् । दुर्घटनापछि गृहमन्त्री बालकृष्ण खाणले पहाडी क्षेत्रमा पटकपटक हुने दुर्घटना रोक्नका लागि विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभयो । यी दुई दुर्घटना मुलुकका प्रतिनिधि घटना हुन् । साँझ, विहान तथा रातिका समयमा नियमित गुड्ने सवारी साधान नेपालका सडकमा दुर्घटनामा परेका छन् । चाडवाड, मेला, पर्व, भ्रमण र वनभोजका लागि प्रयोग गरिएका सवारीसाधन दुर्घटनामा बढी पर्ने गरेका पाइएका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह सचेतना नपुगेर दुर्घटना भएको नभई लापरबाही तथा यान्त्रिक समस्याका कारण भएको बताउँछन् । ‘दुर्घटना न्युनिकरणका लागि गृहमन्त्रालयबाट आवश्यक पहल र जिल्लास्तरमा निर्देशन भएको छ, हाल प्राप्त श्रोतसाधनलाई परिचालन गर्ने हो, हामी त्यो गर्दैआएका छौँ’, उनले भने, ‘ट्राफिक, सडकको अवस्थालगायत बारेमा सबैले ध्यान दिनुपर्छ ।’ सडकको अवस्था धेरै ठाउँमा कमजोर पाइन्छ । कतिपय दुर्घटना यान्त्रिक समस्याले भएका छन् । गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए ।
स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा दुर्घटना भएको हो । ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । भौगोलिक अवस्था, चालकको लापरबाही र सवारीसाधनको अवस्था राम्रो नहुँदा दुर्घटना वर्षेनि बढ्दै छन् । गृहसचिव सिंह धेरै दुर्घटनामा चालकको कमजोरी देखिएको बताउनुहुन्छ । मदिरा सेवन गरेर तथा लागूऔषध प्रयोग गरी सवारीसाधन चलाउने गरिएको पाइएको छ । अनुगमन गर्ने निकायको कमजोरी छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले धेरैजसो दुर्घटनामा चालकको लापरबाही पाइएको बताए । ‘सडकको अवस्था र यान्त्रिक गडबढीले पनि दुर्घटना बढिरहेका छन्’, उनले भने । प्रहरीको अभिलेखअनुसार गत साउनयता झण्डै १५ हजार सवारीसाधन दुर्घटनामा परेका छन् । सो अवधिमा दुर्घटनामा ९९२ जनाले ज्यान गुमाएका छन् । दुई हजार व्यक्ति भन्दा बढी घाइते भएका छन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











