अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
दोहा । अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप फुटबलको उपाधि प्राप्त भएको छ । निर्धारित तथा अतिरिक्त समयमा पनि तीन/तीन गोलको बराबरी भएपछि पेनाल्टीका आधारमा भएको अन्तिम निर्णयमा फ्रान्सलाई हराउँदै आर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो।
पेनाल्टीमा आर्जेन्टिनाले चार गोल गरेको थियो भने फ्रान्सले दुई गोल मात्र गर्न सफल भयो । कतार विश्वकपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो । आर्जेन्टिनाका तर्फबाट खेलको पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लियोनेल मेस्सीले प्रथम गोल गरेका थिए । त्यसपछि डी मारियोले गरेको दोस्रो गोलसँगै आर्जेन्टिनाले दोस्रो हाफसम्म अग्रता लिएको थियो।
तर खेलको निर्धारित समय सकिने अवस्था आउनै लागेका बेला फ्रान्सका किलियान एम्बाप्पेले दुई गोल फर्काएपछि खेल बराबरी भएको थियो । निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको समयमा मेस्सीले थप एक गोल गरे भने फ्रान्सका लागि पनि एम्बाप्पेले एक गोल फर्काए । आइतवार भएको फाइनल खेलसँगै कतारमा जारी विश्वकप फुटबल पनि सकिएको छ। चार वर्षअघि रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई आर्जेन्टिनाले उपाधि दोहोर्याउनबाट रोकेको हो ।
सन् २०१८ मा फ्रान्सले क्रोएशियालाई २ का विरुद्ध ४ गोलले हराउँदै जित हासिल गरेको थियो । संयोगवश यसपालि आर्जेन्टिनाले अघिल्लो विश्वकपको उपविजेता क्रोएशियालाई सेमिफाइनलमा शून्यविरुद्ध ३ गोलले हराउँदै फाइनल पुगेको थियो । आइतवार कतारको लुसैल रङ्गशालामा आर्जेन्टिनाले फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि हासिल गरेको हो । योसँगै उसले फ्रान्सलाई ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहोर्याउने राष्ट्र बन्नबाट रोकेको छ।
यसअघि इट्लीले सन् १९३४ र सन् १९३८ मा अनि ब्रजिलले सन् १९५८ र सन् १९६२ मा लगातार विश्वकप जितेका थिए । यसअघि आर्जेन्टिनाले सन् १९७८ मा आफ्नै गृहमैदान र सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि जितेको थियो । यस पटकको विश्वकपको फाइनल खेललाई लियोनेल मेस्सीविरुद्ध किलियान एम्बाप्पेको रूपमा हेरिएको थियो । फाइनल खेलसम्म आइपुग्दा आर्जेन्टिनाका कप्तान मेस्सी र फ्रान्सका कप्तान एम्बाप्पे दुवै प्रतियोगितामा सबैभन्दा धेरै गोल प्रहार गर्ने खेलाडी बनेका थिए । त्यसले गर्दा पनि अन्तिम खेललाई उनीहरूबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो ।
मेस्सी र एम्बाप्पे दुवै फाइनलसम्म आइपुग्दा पाँचपाँच गोल गरेर गोल्डेन बुटका दाबेदार बनेका थिए । तर फाइनल खेलमा दुई गोल थपेर मेस्सी सात र एम्बाप्पेले तीन गोल थपेर आठ गोल गरी सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न पुगेका छन् । एम्बाप्पेले सन् २०१८ मा रुसमा सम्पन्न खेलमा पनि विश्वकपको उपाधि उचालेका थिए । तर व्यक्तिगत रूपमा व्यापक सफलता पाएका मेस्सीले यसअघि विश्वकपको उपाधि जित्न सकेका थिएनन् । फाइनल खेलमा पराजित भएसँगै फ्रान्सको तेस्रोपटक विश्वकप जित्ने सपना पूरा हुन पाएन। योसँगै उक्त देश विश्वकप फुटबलको उपविजेता बनेको छ।–बीबीसी
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












