विराट गोल्डकप: उपाधिका लागि विराटनगर सिटी र लुका प्रतिस्पर्धामा
काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी खेल्दैछन् । शहीद रङ्गशालामा फाइनल खेल बेलुका ६ बजेर ४५ मिनेटमा हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।
विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।
गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । विसं २०१८ सालमा ‘महेन्द्र गोल्डकप’का नामले सुरू भएको प्रतियोगिता २०५७ सालदेखि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदैआएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












