क्रिकेटर रोहित पौडेललाई ‘केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार’
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विश्व कप छनोटमा पुर्याउन भूमिका खेलेको भन्दै कप्तान पौडेललाई यो पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपालगञ्जमा आज सोमवारदेखि सुरु भएको युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेकसहित ट्रफी प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभयो । एमालेले तीन वर्षको अवधिमा विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको दाबी गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको आरोप लगाउनुभयो ।
यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा झन्डै दुई हजार जना प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री दलबहादुर सुनारलगायत एमालेमा प्रवेश गर्नुभएको छ ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...