गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताउनुभएको हो ।
“अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा आएको छ”, नेता पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेशमा मात्र होइन सातवटै प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुनसक्छ ।”
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहनुभएका नेता पाण्डेले प्रदेशको निर्वाचनको चुनाव लड्ने क्रममा नै आफूले मुख्यमन्त्रीका लागि गृहकार्य गरेको बताउनुभयो ।
“प्रदेश सरकारको नेतृत्वको सन्र्दभमा सबै कुराको टुङ्गो प्रदेशमा पनि लाग्दैन”, उहाँले भन्नुभयो, “यी विषय शीर्ष नेताका बीचमा छलफल भएर केन्द्रीय तहमै टुङ्गो लाग्ने कुरा पनि हुन् ।”
नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री खगराज अधिकारी सरकार बसिरहनु उचित नहुने उहाँको भनाइ छ ।
“हामीले सरकार अल्पमतमा परिसक्यो, अल्पमतको सरकारमा बसिरहनु स्वाभिामान देखिँदैन भन्दा पनि उहाँ सरकारमा बसिरहनुभएको छ”, नेता पाण्डेले भन्नुभयो, “अब बहुमत पाउने सम्भावना नभएकाले उचित निकास लागि दिनका लागि पनि सुझाव दिइसकेका छौँ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












