आजको राशिफल : २०८० साल वैशाख १४ गते बिहीवार
काठमाडौं । आज २०८० साल वैशाख १४ गते बिहीवार , ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेको छ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामगर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरेपनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथिसँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकि आज आउने फैसला तपार्ईँको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाइमा हुने प्रतिष्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकि सँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुदा मन खिन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरपरिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानीगर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइनेयोग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानी बाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि थाति रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा बिदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिने समय रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











