सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताउनुभएको छ । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्दछ भन्नुभयो । मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले पोखराको सुन्दरतासँगै तालतलैयाको संरक्षणका लागि सबैको साझा सोच र उद्देश्य अनुरुपको कार्यमा सहकार्य र समन्वयको आवश्यतामा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘‘अब देखिने, सुनिने र बोलिने विकासको नीति अवलम्बन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण सम्बद्धनसँगै सीमित स्रोत–साधनको अधिकतम उपयोग गरेर जीविकोपार्जनसँग जोड्ने अबका कार्यक्रम तय गरिनुपर्छ ।”
कार्यक्रममा पोखरा महानगरापालिकाका प्रमुख धनराज आचार्य पोखराको पहिचान र सुन्दरता भनेको तालतलैया रहेको र यसको संरक्षण र सम्बद्धनका लागि महानगरबाट नीतिगत पहलसँगै योजना तय भएको बताउनुभयो । उहाँले पोखराका आठ ताल जोड्ने, साइकल ट्रेल, फुट ट्रेल, वाटर स्पोटसलगायतका कार्ययोजना रहेको सुनाउनुभयो ।
उहाँले एसियाली विकास बैंकसँग पोखराको वृहत्तर विकासका लागि वृहत्तर परियोजनाका कार्य सम्झौता भएको जानकारी दिनुभयो । तालप्राधिकरणका उपाध्यक्ष नवराज ओझाले प्राकृति सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले विकासका नाममा भएका विनाशले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेका तालतलैया सिमसार पुरिँदै मासिँदै गएकाले अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ भन्नुभयो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले पोखरा उपत्यकाको नौ तालहरुको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गदै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्य रहेको बताउनुभयो ।
वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यूले ताल व्यवस्थापन सुधार गर्न आवश्यक कदम पहिचान गर्ने र आवश्यता सम्बोधन गर्न अनुसन्धान र सहकार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बुधबारबाट सुरु भएको सम्मेलनमा पहिलो दिन काठमाडौँ विश्वविद्यालयका डा रामदेवी तचामो, लिवर्डका डा बलराम थापालगायतका विषयगत विज्ञको प्रस्तुति रहेको थियो । झण्डै १२ विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका विषयविज्ञको प्रस्तुति रहने र तालहरुको भ्रमणसहित सरोकारवालासँग अन्तक्रिया गरेर सम्मेलन सकिने संयोजक डा देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँं विश्व विद्यालयको पनि साझेदारी रहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












