श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयनमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवद्र्धन एवं वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा सहजीकरणलगायतका श्रम तथा रोजगारसम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृतरुपमा प्रदान गर्न मन्त्रालयले उक्त कार्यविधि ल्याएको जनाएको छ ।
उक्त कार्यविधिअनुसार स्थानीय तहमा रहेको रोजगार सेवाकेन्द्रमार्फत श्रम बजार सम्बद्ध सूचनाको सङ्कलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवद्र्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारोन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुने जनाइएको छ ।
यसैगरी वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुनः एकीकरण, स्वरोजगारका लागि उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माणमा सहयोग, श्रम र रोजगारसम्बन्धी सूचना प्रणाली सञ्चालन गर्नेलगायतका एकीकृत श्रम तथा रोजगारसम्बन्धी क्रियाकलाप स्थानीय तहको माग र आवश्यकताअनुसार सञ्चालन गरिने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
श्रम बजारमा रोजगारीको प्रवद्र्धन तथा विस्तार गर्न आवश्यकता र मागका आधारमा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रलाई नमूना रोजगार सेवा केन्द्रका रुपमा सञ्चालन गर्न सकिने व्यवस्थासमेत कार्यविधिमा रहेको र कार्यविधिको कार्यान्वयनपश्चात् नागरिकले श्रम र रोजगारसम्बन्धी सबै सेवा आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्षम हुने विश्वास मन्त्रालयले लिइएको विज्ञप्तिमार्फत जनाइएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












