श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयनमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवद्र्धन एवं वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा सहजीकरणलगायतका श्रम तथा रोजगारसम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृतरुपमा प्रदान गर्न मन्त्रालयले उक्त कार्यविधि ल्याएको जनाएको छ ।
उक्त कार्यविधिअनुसार स्थानीय तहमा रहेको रोजगार सेवाकेन्द्रमार्फत श्रम बजार सम्बद्ध सूचनाको सङ्कलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवद्र्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारोन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुने जनाइएको छ ।
यसैगरी वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुनः एकीकरण, स्वरोजगारका लागि उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माणमा सहयोग, श्रम र रोजगारसम्बन्धी सूचना प्रणाली सञ्चालन गर्नेलगायतका एकीकृत श्रम तथा रोजगारसम्बन्धी क्रियाकलाप स्थानीय तहको माग र आवश्यकताअनुसार सञ्चालन गरिने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
श्रम बजारमा रोजगारीको प्रवद्र्धन तथा विस्तार गर्न आवश्यकता र मागका आधारमा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रलाई नमूना रोजगार सेवा केन्द्रका रुपमा सञ्चालन गर्न सकिने व्यवस्थासमेत कार्यविधिमा रहेको र कार्यविधिको कार्यान्वयनपश्चात् नागरिकले श्रम र रोजगारसम्बन्धी सबै सेवा आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्षम हुने विश्वास मन्त्रालयले लिइएको विज्ञप्तिमार्फत जनाइएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












