अन्तर्राष्ट्रिय खुला फ्रेण्डसिप तेक्वान्दो दक्षिण कोरियामा हुने
काठमाडौं । अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आइरहेको प्रतियोगिता संयोजक क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको छ । गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहने छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












