कृषकलाई अनुदानमा कृषि सामग्री
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।
ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
करिब रु १० लाख बराबरको साना कृषि औजार वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवरले जानकारी दिनुभयो ।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकको समय बचत गर्न र पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले पछिल्लो समय युवाको कृषिमा सहभागीता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग पुग्नेमा चर्चा गर्नुभयो ।
Comments
अरु समाचार
-
यस्तो छ काठमाडौंमा आज तरकारी र फलफूलको मूल्य
काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत तरकारी र...
-
बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब रूपियाँ खर्च हुने
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने...
-
निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ: मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताएका छन् । लालुपाते...
-
धान उत्पादन चार प्रतिशतले वृद्धि
काठमाडौं । यस वर्ष मुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक...
-
अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अन्य देशकाे कति ?
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको...
-
पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ ।...
-
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको...
-
सुनको मूल्य तोलमा दुई हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन...
-
सेयर बजारमा सामान्य सुधार
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार आएको छ । ४.६३ अंकले...