राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, ‘राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु ।’
राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उहाँको भनाइ थियो । उहाँले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र युवाको हित एवं विकासमा खेलेको भूमिकबारे प्रशंसासमेत गर्नुभयो ।
वार्षिक समारोहका अवसरमा जनकल्याण प्रतिभा पुरस्कारबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला कदरपत्रसहित नगर ५१ हजार राशिसहित सम्मानित गरियो । पुरस्कार ग्रहण गर्दै डा कोइरालाले भन्नुभयो, ‘मानव सेवा नै सर्वोत्तम सेवा हो । सबैलाई मानव सेवाप्रति जागृत हुन म आग्रह गर्दछु ।’
यसैगरी ५१ हजार राशिसहितको रु जनकल्याण अध्यात्मक सेवा पुरस्कार स्व डा स्वामी केशवानन्द गिरीलाई अर्पण गरियो । संस्थाले वार्षिक उत्सव समारोहका अवसरमा विभिन्न समाजसेवि, विद्यार्थी र सङ्घसंस्थालाई सम्मान गरेको छ । सो अवसरमा समाजसेवी सिर्जना सिंहले रु एक लाख र शारदा हुतराम वैद्य फाउण्डेशनका अध्यक्ष मीना वैद्य पाण्डेले रु २५ हजार संस्थालाई प्रदान गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हिरालाल तण्डुकार, महासचिव महासचिव लक्ष्मण थापालगायतका वक्ताले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्नुका साथै भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दिवासेवा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिकको सम्मान, तीर्थाटन, सत्सङ्ग एवं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












