आजको राशिफल : २०८० साल जेठ १२ गते शुक्रवार
मेष : रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउलान्। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दु:ख पाइनेछ।
वृष : गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
मिथुन : लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
कर्कट : पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ।
सिंह: अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्ने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला।
कन्या : विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्लान्।
तुला : पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर दाम र प्रतिष्ठा कमाउने बेला छ।मिहिनेतले जिम्मेवारी दिलाउनेछ। राम्रो कर्मफलले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक : आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
धनु : हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। लेनदेनले वादविवाद निम्त्याउन सक्छ।स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला।
मकर : पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। केही अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ।प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ।
कुम्भ :बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्।
मीन: मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












